Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
मंगलबार , साउन १९, २०८३
नेल्टा गण्डकीको नेतृत्वमा लम्साल – Sarangi News

जुना थापा

पोखरा । अङ्ग्रेजी भाषा शिक्षकहरुको संगठन NELTA (नेल्टा) गण्डकी प्रदेशको अध्यक्षमा कमलराज लम्साल चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न दोश्रो प्रदेश सम्मेलन तथा छैटौं वार्षिक साधारण सभाले लम्साललाई आगामी ३ वर्षको लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. पीताम्बर पौडेल, उपाध्यक्षमा सञ्जय अधिकारी, महासचिवमा मुकेश कुमार अधिकारी, सचिवमा विनोद न्यौपाने, कोषाध्यक्षमा तिर्थराज कँडेल चयन भएका छन् भने सदस्य सचिवमा देव शर्मालाई चयन गरिएको छ ।

 त्यसैगरी सदस्यहरुमा विजयराज रानाभाट, प्रकाश रिजाल र सीता गौडेल रहेका छन् । नेल्टाको विधान अनुसार जिल्ला अध्यक्ष प्रदेश समितिमा पदेन सदस्य रहने व्यवस्थाअनुसार कास्कीबाट अजय थापा, गोर्खाबाट रामचन्द्र दुवाडी, तनहुँबाट लालप्रसाद भट्टराई, नवलपुरबाट तिर्थराज कँडेल रहेका छन् । यी बाहेक अन्य जिल्लाबाट भने जिल्ला अध्यक्षहरु नै प्रदेश समितिमा चयन भएकोले नयाँ अध्यक्ष चयन पश्चात् पदेन सदस्य रहनेछन् ।

नेल्टा गण्डकीका अध्यक्ष डा.नवराज न्यौपानेको अध्यक्षता तथा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमराज अर्यालको प्रमुख आतिथ्यतामा उक्त सम्मेलन सम्पन्न भएको हो । नेल्टा केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवान तथा सल्लाहकार हेमन्तराज दाहाल विशेष अतिथि तथा कार्यक्रममा कार्यपत्र प्रस्तोताको रुपमा रहेका थिए । कार्यक्रममा English Language Fellow आन्द्रे पेरेजले पनि कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमका सञ्चालक महासचिव लक्ष्मणबाबु आचार्यले महासचिवको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा मुकेश कुमार अधिकारीले कोषध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसै गरी गण्डकी प्रदेश अन्तर्गतका ८ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरुको उपस्थितिमा गठित समितिको प्रथम बैठक अध्यक्ष कमल लम्सालको अध्यक्षतामा शनिबार नै

सम्पन्न भएको छ। बैठकले निवर्तमान समिति, निर्वाचन आयोगका संयोजक तथा केन्द्रका सल्लाहकार हेमन्तराज दाहाल, सदस्य पुरण कुँवर र केन्द्रीय अध्यक्ष मोतीकला सुब्बा देवान र उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापनको प्रस्ताव पारित गर्‍यो । त्यसैगरी नेल्टा गण्डकीको जर्नल प्रकाशनार्थ विनोद न्यौपाने प्रमुख सम्पादक रहेको ३ सदस्यीय सम्पादक मण्डल पनि गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP