Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
उध्योग बाणिज्य संघ भोर्लेटार ईकाइको अध्यक्षमा पौडेल सर्वसम्मत। – Sarangi News

लमजुङ। उध्योग बाणिज्य संघ भोर्लेटार ईकाईको अध्यक्षमा सरोज पौडेल सर्वसम्मत निर्वाचित भएका छन। दुई कार्यकाल सचिब पदमा निर्वाचित पौडेलले यसपाली अध्यक्षमा बाजि मार्न सफल भएको छ। पौडेल भोर्लेटारका सफल युवा ब्यबसायिमा गनिन्छन, त्यति मात्र नभै समाज सेवा, राजनैतिक क्षेत्र लगायत हरेक क्षेत्रमा सफल ब्यक्तिमा गनिन्छन।

आज पौष १० गते भोर्लेटारमा भएको ईकाई भेलाले पौडेल लगायतका अन्य सदस्यमा समेत सर्व सम्मत भएका छन। उपाध्यक्षमा अम्बिका पोख्रेल , सचिवमा निर्दोष घिमिरे, कोषाध्यक्षमा उमेश अधिकारी, सदस्यहरु अनिल रानाभाट, राम बहादुर बिक,सुशील अधिकारी, अयेदा खातुन र अब्बुदिन मिँया सर्वसम्मत चयन भएका हुन।

लउबा का सदस्य डिल्लीराम भारतिको प्रमुख आतिथ्यमा भएको भेलामा वडा नं ६ का वडा अध्यक्ष बिष्णु भक्त पौडेल एवम भोर्लेटारका समाजसेविहरु, राजनैतिक दलका नेताहरु र व्यवसायिहरुको उपस्थिती रहेको थियो। प्रमुख अतिथि भारतिले सर्वसम्मत निर्वाचित सबैलाई बधाई सहित प्रमाण पत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो। नव निर्वाचित अध्यक्ष पौडेलले बिगतका कमि कमजोरिलाई सुधार्दै अगाडि बढ्ने प्रतिबद्दता समेत जाहेर गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP