Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
पश्चिमभूमी आवासिय बिद्यालयको २६ औँ बार्षिकोत्सव तथा अभिभावक सम्मेलन सम्पन्न। – Sarangi News

लमजुङ। पश्चिमभूमी अङ्ग्रेजी आवासिय बिद्यालय मध्यनेपाल -७ करापुटारको २६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मध्यनेपाल नगरपालिका उप प्रमुख सीता गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

प्रमुख अतिथी गुरुङले दिप प्रज्वलन गरि शुरु भएको उक्त समुद्घाटन समारोहको स्वागत मन्तव्य भाईस प्रीन्सिपल बिष्णु माया घिमिरेले गर्नु भएको थियो भने स्कुलको बार्षिक प्रतिवेदन प्रीन्सिपल तेज तामाङले प्रस्तुत गर्नु भएको थियो।

प्रबन्ध निर्देशक कमल केसिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रबधक केसिले बिद्यालयलाई प्रविधी मैत्री बनाउदै शिक्षामा गुणस्तर ल्याउने उदेश्यहरु बुँदागत रुपमा पेश गर्नु भएको थियो। भने मध्यनेपाल नगरपलिकका शिक्षा शाखा प्रमुखले विशेष अतिथिको मन्तव्यमा प्रबन्ध निर्देशक केसिको शिक्षामा वर्तमन अवस्थामा आवाश्यक शिक्षामा दिगो बिकासका अपरिहार्य रहेको कुरालाई जिकिर गर्दै बिद्यालयलाई उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो।

यस्तै गरेर आजका विभिन्न साँस्कृतिक र साङितिक रुपमा सहभागिता जनाएका बिद्यार्थीहरुलाइ रु दुई हजार र कदर पत्र प्रदान गरिएको थियो। आजका कार्यक्रमहरु विद्यार्थीहरुद्वारा पि.टी प्रदर्शन, विद्यालय स्तरीय विशेष प्रतिभा प्रदर्शन कार्यक्रम, निशुल्क चिट्ठा (जसमा ३२ ईन्चको एल सिडि टिवि सहित ११ वटा विभिन्न उपहार) र, विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत भएको थियो।

त्यस्तै गरेर प्रमुख अतिथी गुरुङले यस बिद्यालयको प्रगती र उन्नतिले फड्को मारेको बताउदै आगामी दिनहरुमा थप प्रगतिको कामना सहित शुभकामना मन्तव्य राख्दै , पुरस्कारहरु वितरण गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP