Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
मंगलबार , साउन १९, २०८३
शान्ति आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा – Sarangi News

पोखरा । पोखरा-३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयमा अध्ययनरत ८५ जना विद्यार्थीलाई बिहिबार न्यानो कपडा वितरण गरिएको छ ।

डा. नेत्रनाथ आचार्य, त्रिवेणी इन्टरनेसनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल र सोही कलेजका अध्यापक शिवचन्द्र घिमिरेको सहयोगमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई स्वेटर वितरण गरिएको हो । कक्षा ८ सम्म सञ्चालित विद्यालयका अन्य विद्यार्थीहरूलाई पनि सहयोगीको खोजी गरी न्यानो कपडा वितरणका लागि पहल गरिने विद्यालयका प्रधानाध्यापक मनिराम कडेलले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका, शिक्षा महाशाखाका अधिकृत बद्रिनाथ सुवेदीले सहयोगीहरूको सहयोगले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाएको भन्दै दाताहरूलाई धन्यवाद ज्ञापन गरे ।

वडा नम्बर ३० का वडा सदस्य विनोदप्रसाद लामिछानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहयोगी डिल्लीराम पौडेलले विद्यार्थीको हितका लागि सहयोगमा निरन्तरता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी र विद्यालय व्यवस्थापन समितिका सदस्य जीताराम कुसवाहको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP