Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
भोर्लेटारमा बृहत रक्तदान सम्पन्न ४८ युनिट रगत संकलन। – Sarangi News

लमजुङ। नेपाल रेडक्रस सोसाईटी भोर्लेटार उपशाखा लमजुङको आयोजनामा बृहत रक्तदान कार्यक्रम ईशाने स्वर माविको प्राङणमा सम्पन्न भएको छ। पहिलो पटक भएको कार्यक्रममा ४८ युनिट रक्त संकलन भएकोछ।

मध्यनेपाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णु भक्त पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा भोर्लेटार उपशाखाका सभापती बद्री प्रसाद पौडेलको अध्यक्षतमा भएको थियो।

प्रादेशिक रक्त संचार सेवा पोखराका प्राबिधिक महेन्द्र केसिको नेतृत्वको टिमले रक्त संकलन गर्ने काम गरेका थिए साथै रक्तदान जीवन दान भन्ने मुल नारालाई भोर्लेटार बासिले सहजिकरण र सहभागिता जनाई दिनुभएकोमा धन्यवाद ब्यक्त गर्नु भएको थियो।

त्यस्तै गरेर नेपाल रेडक्रस सोसाईटी भोर्लेटार उपशाखाका आजिवन सदस्य एवम नव निर्वाचित भोर्लेटार ईकाई उध्योग बाणिज्यसंघका अध्यक्ष सरोज पौडेलले रक्तदाताहरुलाई रेडक्रसलो लोगो सहितको टि सर्ट सौजन्य उपहार दिएका थिए।

प्रमुख अतिथी पौडेलले पहिलो पटक भएको रक्तदान कार्यक्रममा उपस्थिती चित्त बुझ्दो रहेको बताए साथै यस उपशाखालाई आगामी रक्तदान कार्यक्रममा व्यापक प्रचारप्रसारका साथ गर्न सबैलाई अनुरोध समेत गरेका थिए। त्यस्तै गरेर प्र अ रामकृष्ण घिमिरे, पुर्व सभापती रामकृष्ण घिमिरे, रेडक्रस लमजुङका जिल्ला सदस्य सुनिता न्यौपाने तिमिल्सिना लगायत ब्यक्तित्वहरुले शुभकामना एवम मन्त्यव्य राखेका थिए।

कार्यक्रम संचालन भोर्लेटार उपशाखाका सदस्य रण बहादुर न्यौपानेले गर्नु भएको थियो भने अन्त्यमा रक्तदानमा सहभागी सबैलाई धन्यवाद दिदै सभापती पौडेलले समापन गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP