जनप्रियको हाजिरीजबाफमा बालमन्दिर पहिलो – Sarangi News

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ सिमलचौरस्थित जनप्रिय माविमा पोखरा महानगरभित्रका क्लस्टर सामुदायिक विद्यालय  स्तरीय हाजिरीजबाफ प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।

विद्यालयकको ५५औं वर्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह २०८०  को पूर्व सन्ध्यामा आज हाजिरी जवाफ कार्यक्रम सम्पन्न गरेको हो । पोखरा महानगरपालिकाभित्रका क्लस्टर विद्यालयहरूको सहभागितामा भएको हाजिरी जवाफ प्रतियोगितामा बालमन्दिर मावि प्रथम, छोरेपाटन मावि द्वितीय र जनप्रिय माविले तृतीय स्थान प्राप्त गरेका थिए । विजेतालाई विद्यालयको वार्षिकोत्सव कार्यक्रम माघ १० गते नगद र प्रमाणपत्र वितरण गरिने विद्यालयका शिक्षक श्रीकान्त पौडेलले जानकारी दिए ।

कार्यक्रम सूचना प्रविधिको प्रयोग गरी विभिन्न चरणमा भएको थियो । कार्यक्रमको उद्‍घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बरालले क्लस्टरको कार्यक्रम जनप्रिय माविले गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । उनले यस्ता कार्यक्रमहरू आन्तरिक तथा  खुला रूपमा अन्तरविद्यालयलाई समेत समावेश गरी गर्नुले प्रतियोगी एवम् अप्रतियोगी दुवैलाई राम्रो सिकाइ  हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी सबैलाई शिवशक्ति मावि, पोखरा- ११ फूलबारीका प्रअ शम्भु बास्तोलाले शुभकामना दिएका थिए । कार्यक्रम संयोजक कृष्णबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटीले स्वागत गरेका थिए । प्राविधिक सहयोगमा ज्ञानेश्वर ढुंगाना, रामकुमार अधिकारी, वासुदेव तिम्सिना, वामन चालिसे, नितु पौडेल, सरस्वती पौडेलले गरेका थिए । क्विज मास्टरको भूमिकामा शिक्षक श्रीकान्त पौडेल रहेका थिए । विद्यालयले यही माघ १० गते विद्यालयको वार्षिकोत्सव मनाउने तयारी गर्दै विविध अतिरिक्त क्रियकलापअन्तर्गत छात्र भलिबल, छात्रा भलिबल, बास्केट बल, ब्याडमिन्टन छात्र छात्रा लगाएत का कार्यक्रमहरु सञ्चालन गरिरहेको छ भने माघ १० गते बिहान ८ बजेदेखि जुनियर युवा रेडक्रस सर्कल जनप्रियले खुला रक्तदान कार्यक्रम विगत वर्षहरू झैँ आयोजना गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २०, २०८२ शुक्रबार 133 Views

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

  मंग्सिर १७, २०८२ मंगलबार 57 Views

डा. अमर गिरीका दुई कृति एकैसाथ सार्वजनिक

  मंग्सिर १०, २०८२ मंगलबार 175 Views

कास्की आइडलमा टपटेन छनोट

  मंग्सिर ४, २०८२ बुधबार 79 Views

इनासमा ऋषि लामिछाने

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP