शनिबार , साउन १२, २०८१
मध्यनेपाल नगरपालिकाको १४ औ हिउदे अधिवेसन सम्पन्न, फोटो तथा भिडियोहरु सहित, – Sarangi News

लमजुङ। मधनेपाल नगरपालिकाले आज माघ १५ गतेका दिन चौधौ हिउदे नगर अधिवेशन तथा नगर सभा सम्पन्न गरेको छ।


नगर प्रमुख रमेश कुमार पाण्डेको सभा अध्यक्षतमा भएको उक्त कार्यक्रमको कार्यविधी तथा प्रस्तवना नगर उप प्रमुखको अनुपास्थितिमा नगर प्रमुखले नै प्रस्तुत गर्नु भएको थियो। सभाको सचिव प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले गर्नु भएको थियो भने सभा सन्चालन सुरज अधिकारिले गर्नु भएको थियो।

नगर उप प्रमुख लगायतका वडा अध्यक्षहरु एवम सदस्यहरुले वडा नं १ जिताको वडा अध्यक्ष सुदिप थापालाई ज्यान मार्ने योजनामा पक्राउ परेका र धरौटिमा छाडिएका नगरपालिकाका कर्मचारी साजन थापालाई निलम्बन तथा कारवाही नगरुन्जेल नगरपाकिलाको कुनै पनि सभा सम्मेलन नहुने वक्तव्य जारी गर्दै अनुपास्थिती रहेका थिए।

संसदिय ब्यवस्था प्रणाली अन्तरगत स्थानिय तहमा सभा सम्मेलन एवम कार्ययोजनमा त्यस्ता खाले अवरोधले सभा सम्मेलन स्थगित नहुने जिकिर गर्दै कार्यपालिकाको बहुमतको आधारमा कुनै पनि कार्यबिधी ब्यवस्था एेनलाई पारीत गर्न मिल्ने भएको जिकिर गर्दै साथै बहिस्कार गर्नु भएका प्रतिपक्षको समेत योजनाहरु पारीत गर्दै अगाडि बढेको नगर प्रमुख पाण्डेले बताएका थिए। साथै कारवाही या कुनै पनि कदम उठाउदा पालिकाको सभा अध्यक्ष समक्ष कुनै छलफल नगरि गरिएको अबरोधको स्विकार्य हुने छैन समेत बताएका थिए।

पोषण खर्च व्यवस्थापन गर्ने कार्यविधी २०८०, नगरपालिका (कार्यव्यवस्थापना र नियमन) एेन २०८० र मध्यनेपाल नगरपालिकाको विनियोजन एेन २०२८० लाई संशोधन गर्ने सम्बन्धमा बनेको बिधेयक २०८० नगरप्रमुखले पारीत गर्न छलफल प्रस्तवमा नगर सभाका सदस्यहरुको बहुमतले ताली बजाएर पारीत गरिएको थियो। त्यस्तै पारीत प्रस्तव माथि कार्यपालिका सदस्य बालकुमारी उचै, वडा नं ५ का वडा अध्यक्ष ओमबिर गुरुङ र नगर प्रवक्ता एवम वडा नम्बर १० का वडा अध्यक्ष रामा चन्द्र भण्डारीलाई बोल्ने समय नगर सभा अध्य्क्षले समय दिनु भएको थियो।

सभा अध्यक्षले दिएको समयमा बोल्दै सभाका सदस्यहरुले आजको सभालाई बहिस्कार गर्ने सदस्यहरु प्रति लक्षित गर्दै बोलेका थिए भने, सदस्य बालकुमारी उचैले खल्लो महसुश गरेको कुरो बताएका थिए भने नगर प्रवक्ताले हामीले वहाहरुले बहिस्कार गरेता पनि वहाँहरुले पेश गर्नु भएको योजनालाई कटौती नगरि हामीले पास गरेको जिकिर गर्दै आउँदा दिनमा यस्ता कार्य नगर्न अनुरोध गरेका थिए नगरपालिका हामी जुना सुकै दल वा पार्टीबाट निर्वाचित भएर आएता पनि यो हाम्रो परिवार हो, परिवार भित्रको कुरो बाहिर हुनु हुँदैन मिलेर काम गर्न अगाडी बढ्नु पर्ने समेत बताएका थिए।

अन्त्यमा सभाको अध्यक्षता गर्नु भएका नगर प्रमुख पाण्डेले सभालाई सपन्न एवम सफल बनाउन सभा सदस्य लगायत बिशेष गरेर कर्मचारी टिमलाई धेरै धेरै धन्यवाद दिदै आगामी दिनहरुमा यस्तै काम गर्नेछन र हमेसा मेरो साथ दिनु हुनेछ भन्दै कुनै पनि कर्मचारीले यस् नगरपालिका भित्र राजनीति नगर्न समेटा बताएका थिए। साथै नगर सभालाई बहिस्कार गर्ने सदस्यहरुलाई पनि आगामी दिनहरुमा यस्ता कार्य नगर्न बताउदै सभाको बिसर्जनको घोषणा गर्नु भएको थियो।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=HKGkZomH3Yw&t=40s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

लमजुङमा पहिरोको वितण्डा : एकको मृत्यु, दुईजना घाइते, ४ बेपत्ता

भोर्लेटारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।


TOP