Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
काजलको सफलताको कथाः कोरसदेखि बलिउड नायिकासम्म – Sarangi News

साउथ चलचित्रदेखि बलिउडमा समेत लोकप्रियता हासिल गरिसकेकी नायिका काजल अग्रवाल आज आफ्नो ३६ औं जन्मदिन मनाउँदैछिन् । काजलले गतबर्ष मात्र बिबाह गरेकी थिइन् । साउथदेखि बलिउड चलचित्रमा लोकप्रियता हासिल गरेकी यी नायिकाले करिअरको सुरुवात भने संघर्षपूर्ण तरिकाले गरेकी थिइन् ।

काजलले सुरुवातमा बलिउड चलचित्रमा नै काम गरेकी थिइन् । तर, बलिउडमा पहिचान नमिलेपछि उनले साथ चलचित्रमा काम गरेकी थिइन् । साउथमा सुपरहिट चलचित्र दिएपछि लोकप्रिय बनेकी यी नायिकाले फेरि सन् २०११ म बलिउड चलचित्रमा कमब्याक गरेकी थिइन् ।

सन् १९८५ जुन १९ मा जन्मिएकी काजलले कोरसको रुपमा काम गर्दै करिअरको सुरुवात गरेकी थिइन् । काजलले सन् २००४ मा चलचित्र ‘क्यू हो गया ना’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । बलिउडमा नाम कमाउन नसकेपछि उनले सन् २००७ मा ‘लक्ष्मी कल्याणम’ नामक तेलुगु चलचित्रमा काम गरृेकी थिइन् । यही बर्ष उनले ‘चन्दामामा’मा काम गरिन् । यो चलचित्र हिट भएपछि उनको करिअर पनि चम्कियो ।

साउथमा हिट भएपछि उनले सन् २०११ मा ‘सिंघम’ चलचित्रबाट बलिउडमा कमब्याक गरेकी थिइन् । यसपछि उनले ‘स्पेशल २६, दो लफ्जो कि कहानी, मुम्बई सागा’ लगायतका चलचित्रमा काम गरेकी छिन् ।

काजलको प्रेम चर्चा पनि केही बर्ष अगाडि चर्चामा थियो । उनी, साउथका सुपरस्टार प्रभाषको प्रेममा रहेको खबर फैलिएको थियो ।

सन् २०१० मा चलचित्र ‘डार्लिङ्ग’मा एकसाथ काम गरेपछि यी दुई नजिक भएका थिए । तर, केही बर्षपछि प्रभाषले उनीसँगको प्रेम सम्बन्ध तोडेका थिए । उनै, काजलले गतबर्ष बिहे गरेर नयाँ जीवन सुरु गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP