भोर्लेटारमा प्रथम वसन्त स्‍मृति भेटरान्स कप शुरु। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिका भोर्लेटारमा प्रथम वसन्त स्‍मृति खुल्ला भेटरान्स फूटबल कप आज देखी शुरु भएको छ। ग्रीन भ्याली क्लबको आयोजनामा भएको उक्त कार्यक्रम नगर प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको थियो। ईशाने श्वर क्याम्पसको खेल मैदानमा भएको कार्यक्रममा नगर प्रमुख पाण्डेले दिप प्रज्वल्वन गरी एवम स्वर्गिय वसन्त पराजुलीको स्मरणमा मौन धराण गरी शुरुवात गरिएको थियो।

प्रथम पुरस्कार पचास हजार ट्रफी मेडल र प्रमाण पत्र, दोस्रो पुरस्कार तिस हजार ट्रफी मेडल र प्रमाण साथै म्यान अफ द् म्याच, उत्कृष्ट खेलाडी, गोलकर्ता, गोल रक्षक लगायत सबैलाई पुरस्कार रहेको भेटरान्स कप खेलको अध्यक्षता ग्रीन भ्याली क्लबका अध्यक्ष जीवन भुजेलले गरेका थिए। औपचारिक रुपमा कार्यक्रम शुरु गरिएता पनि प्रमुख अतिथी लगायत उपस्थित अतिथिहरु कसैले पनि भाषाण नगरि सिधै कार्यक्रम संचालन गरिएको थियो। जम्मा ८ टिमले दर्ता गराएको खेल दैनिक एक एक खेल हुने र बैशाख पुर्णिमाको दिनमा बिशेष कार्यक्रमको साथ समापन गर्ने योजना रहेको क्लबका अध्यक्ष भुजेलले बाताए।

औपचारिक रुपमा नगर प्रमुख पाण्डेले रेफ्रीलाई बल हस्तान्तरण गरी खेल शुरु भएको थियो भने पहिलो खेल सिटिजन लाई ईन्स्यिरेन्स भेटरान्स बेसिसहर र भोर्लेटार भेटरान्स बिच भिडन्त भएको थियो। जम्मा ४० मिनेटको २०/२० मिनेट गरी खेलाईेको खेलमा भोर्लेटार भेटरान्सले कुनै गोल गर्न सकेनन जसको फाईदा उठाउदै सिटिजन लाईफ इन्स्योरेन्स भेटरान्सले ३ गोल गर्न सफल हुँदै भोर्लेटार भेटरान्सलाई हराउदै अगाडि बढ्न सफल भए। साथै सिटिजन लाईफ भेटरान्सका खेलाडी सिजन श्रेष्ठ म्यान अफ द् म्याच बन्न सफल भए।

उक्त कार्यक्रममा मध्यनेपाल नगरपालीका वडा नं ६ का वडाध्यक्ष बिष्णु भक्त पौडेल, वडा नं ९ का वडाध्यक्ष महेस पाण्डे, नगर प्रवक्ता वडा नं १० का वडाध्यक्ष राम चन्द्र भण्डारी, लमजुङ उध्योग बाणिज्यसंघ भोर्लेटार ईकाईका अध्यक्ष सरोज पौडेल, ईप्रका भोर्लेटारका प्रमुख ईन्स्पेक्टर राजाराम खडका लगायत जनप्रतिनिधी, अतिथी समाज समाजसेविहरुको उपस्थिती रहेको थियो।

भोलिको खेल भोर्लेटार भेटरान्स “ख” र क्रिएटिव भेटरान्स बिच हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

६२ बर्षिय सानु नानी घर्तिको हत्यारा सार्वजनिक।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP