Trend
नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||   साहित्यकार रानाभाट र गायक पौडेल अब व्यवसायी पनि  ||   मध्यनेपाल नगरपालिकाले पोखरामा एकीकृत घुम्ती शिविर सन्चालन।  ||  
शुक्रबार , भाद्र १९, २०८३
अक्षरयात्राको २११ औँ शृङ्खला – Sarangi News

पोखरा, जेठ १९ गते । पोखराबाट सञ्चालित पर्यटन साहित्यिक अभियान अक्षरयात्राको २११ औँ शृङ्खला शनिवार पोखराको शान्तिवन क्षेत्रमा सम्पन्न भएको छ ।

गजल सन्ध्या, पोखरा र नवनीत साहित्य सागरले हरेक महिनाको तेस्रो शनिवार सञ्चालन गर्दै आएको अक्षरयात्रामा कवि, लेखकले कुनै स्थानमा पुगेर तत्स्थानीय रचना प्रस्ततु गर्ने गर्दछन् । गजल सन्ध्याका उपाध्यक्ष कपिल शर्माको अध्यक्षतामा सम्पन्न भएको २११ औँ शृङ्खलामा सन्ध्याका पूर्व अध्यक्ष रुपिन्द्र प्रभावी, मुक्तक मञ्चका केन्द्रीय अध्यक्ष रामजीप्रसाद आचार्य, विष्णु सुवेदी, करणकपुर खनाल, नितिन कुँवर, माधव खतिवडालगायतले रचना वाचन गरेका थिए ।

साहित्यकारहरूले समाज, राजनीति र जीवनसँग सम्बन्धित रचना प्रस्तुत गरेका थिए । उनीहरूले अक्षरयात्राले नयाँ पुस्तालाई पुराना पुस्तासँग नजिक हुने र साहित्यिक सङ्गतले गर्ने अवसर प्रदान गर्ने भएकाले यसले निरन्तरता पाउनुपर्नेमा जोड दिए । सन्ध्याका उपाध्यक्ष कपिल शर्माले अक्षरयात्रालाई थप व्यवस्थित बनाउनका लागि गजल सन्ध्याको वर्तमान कार्यसमितिमा विशेष छलफल गरिने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

जिताकोट साउने सक्रान्ती मेला शुरु, ४० टिमको सहभागीता।

सुन्दरबजारमा प्रथम खुल्ला तिज गित प्रतियोगिता हुँदै।

नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।

भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।

कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग

मिस नेपालमा पोखरेली चेली सङ्गीता पौडेल


TOP