चितवनमा चरैवेति उपन्यासमाथि विमर्श सम्पन्न – Sarangi News

नारायणगढ,२६ जेठ । पाटन संयुक्त क्याम्पस, ललितपुरका नेपाली विषयका उपप्राध्यापक, समालोचक तथा आख्यानकार डा. जीवन जीवन्तको नवीनतम उपन्यास ‘चरैवेति’माथि यही जेठ २६ गते शनिबार सम्पूर्ण किताब नारायणगढमा अन्तरक्रिया गरिएको छ ।

सम्पूर्ण किताब नारायणगढको आयोजनामा भएको अन्तरक्रियामा समीक्षकहरु डा. देवी नेपाल, डा. अम्बिका अर्याल, डा. शान्तिमाया गिरी, डा. अशोक थापालगायतले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै धार्मिक विषयमा कलम चलाएर लेखकले जोखिम मोलेको प्रतिक्रिया दिए ।

चरैवेतिमाथि पाठकीय टिप्पणी गर्दै लेखक खनाल रेवतीरमणले उपन्यासको भाषा सरल, शैली स्तरीय र प्रस्तुति बोधगम्य भएको बताए । ‘यसमा भरपुर जीवनदर्शन छ’ उनले भने, ‘सुन्दर ढंगले इसाई धर्मको शल्यक्रिया पनि गरिएको छ ।’

वीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक एवं अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले कार्यक्रमको सहजीकरण गर्दै सुरुमा उपन्यासका विविध पक्षमा प्रकाश पारेका थिए । उक्त विमर्श कार्यक्रममा सम्पूर्ण किताबका लेखराम सापकोटा, भरतपुर प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव बालकृष्ण थपलिया, समीक्षक उदय अधिकारी, व्यवसायी गीता पौडेल ढकाललगायतले पनि पाठकीय धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

पोखरा–३३ मा अकला मन्दिरको ट्रस्ट भवन र खानेपानी ट्याङ्की उद्‍घाटन

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP