Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
लमजुङमा पहिरोको वितण्डा : एकको मृत्यु, दुईजना घाइते, ४ बेपत्ता – Sarangi News

लमजुङ । लमजुङको बेसीसहर नगरपालिका-११ चिति स्याउतमा गएराति पहिराेले पुरिदा १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा १६ वर्षिय विकल सुनार रहेका छन् । पहिराेमा परि उनका दाइ १८ वर्षिय मिलन सुनार घाईते भएका छन् । घाईते दुवै जनालाई उपचारकालागि लमजुङ जिल्ला अस्पताल ल्याउँदै गर्दा विकलकाे बाटाेमै मृत्यु भएकाे हाे ।

यसैगरी लमजुङको क्ब्हाेंलासाेथर गाउँपालिकाकाे वडा नं. ३ उत्तरकन्याकाे बगुमस्थित पच्यु टाेलमा गएराति गएकाे पहिराेमा परि ४ जनाकाे बेपत्ता भएका छन् ।

वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका याेजना शाखा प्रमुख चित्र घलेकाे घर पहिराेले बगाउँदा चारजना बेपत्ता भएका हुन् ।

पहिराेमा परि ६९ वर्षिय रूद्रमान गुरूङ, बुहारी ३६ वर्षिय पञ्चकुमारी गुरूङ, दुई नातिनीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ वर्षिया नम्रता गुरूङ बेपत्ता छन् ।

रूद्रमानकाे श्रीमती लिलाकुमारी, पञ्चकुमारीका छाेरा ९ वर्षिय निरज छिमेकी घरमा सुतेकाे र चित्र घले गाउँपालिकाकाे केन्द्र मालिङमा रहेकाले पहिराेबाट बचेकाे वडासदस्य घलेले जनकारी दिए । पहिराेमा परि चित्रका भाइ ३६ वर्षिय भिमबहादुर घले भने घाईते भएका छन् ।

घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टाेली पुगेकाे छ । उत्तरकन्याका वडाअध्यक्ष अासविर गुरूङका अनुसार पहिराेमा परि बेपत्ता भएकाहरूकाे खाेजीकार्य भैरहेकाे छ ।

गएराती गएकाे पहिराेले बेसीसहर-चामे सडकखण्ड बन्द भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP