Trend
अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||   लघुकथा प्रतिष्ठानको हीरक शृङ्खला सम्पन्न, पुरस्कार स्थापनाका लागि अभियान सञ्चालन  ||   संरक्षणको पर्खाईमा ऐतिहासिक “ढुङ्गा”  ||   जटेश्वर अर्थात बुढा महादेव मन्दिरमा बाजागाजाका साथ सामुहिक पुजा आराधना।  ||   ईशानेश्वर महादेव मन्दिरमा पाँच हजार बढीले दर्शन गरे एक लाख सतसठ्ठी हजार दान संकलन।  ||  
शुक्रबार , साउन १७, २०८२
लमजुङमा पहिरोको वितण्डा : एकको मृत्यु, दुईजना घाइते, ४ बेपत्ता – Sarangi News

लमजुङ । लमजुङको बेसीसहर नगरपालिका-११ चिति स्याउतमा गएराति पहिराेले पुरिदा १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा १६ वर्षिय विकल सुनार रहेका छन् । पहिराेमा परि उनका दाइ १८ वर्षिय मिलन सुनार घाईते भएका छन् । घाईते दुवै जनालाई उपचारकालागि लमजुङ जिल्ला अस्पताल ल्याउँदै गर्दा विकलकाे बाटाेमै मृत्यु भएकाे हाे ।

यसैगरी लमजुङको क्ब्हाेंलासाेथर गाउँपालिकाकाे वडा नं. ३ उत्तरकन्याकाे बगुमस्थित पच्यु टाेलमा गएराति गएकाे पहिराेमा परि ४ जनाकाे बेपत्ता भएका छन् ।

वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका याेजना शाखा प्रमुख चित्र घलेकाे घर पहिराेले बगाउँदा चारजना बेपत्ता भएका हुन् ।

पहिराेमा परि ६९ वर्षिय रूद्रमान गुरूङ, बुहारी ३६ वर्षिय पञ्चकुमारी गुरूङ, दुई नातिनीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ वर्षिया नम्रता गुरूङ बेपत्ता छन् ।

रूद्रमानकाे श्रीमती लिलाकुमारी, पञ्चकुमारीका छाेरा ९ वर्षिय निरज छिमेकी घरमा सुतेकाे र चित्र घले गाउँपालिकाकाे केन्द्र मालिङमा रहेकाले पहिराेबाट बचेकाे वडासदस्य घलेले जनकारी दिए । पहिराेमा परि चित्रका भाइ ३६ वर्षिय भिमबहादुर घले भने घाईते भएका छन् ।

घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टाेली पुगेकाे छ । उत्तरकन्याका वडाअध्यक्ष अासविर गुरूङका अनुसार पहिराेमा परि बेपत्ता भएकाहरूकाे खाेजीकार्य भैरहेकाे छ ।

गएराती गएकाे पहिराेले बेसीसहर-चामे सडकखण्ड बन्द भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन १०, २०८२ शुक्रबार 760 Views

संरक्षणको पर्खाईमा ऐतिहासिक “ढुङ्गा”

ताजा अपडेट
धेरै पढिएको

TOP