एसईईको परीक्षाफल प्रकाशित, १८६ जनाको ४ जिपिए, कसरी हेर्ने नतिजा ? – Sarangi News

काठमाडौं । २०८० मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को बिहीवार विहान बसेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् भने ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । एसईईमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । त्यस्तै २२१ जनाको परीक्षा रद्द भएको छ ।यसपालिको परीक्षामा ४,६४,७८५ विद्यार्थी सहभागी भएकोमा २,४२,०९२ को एनजी आएको छ ।

प्रकाशित २०८० सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा विभिन्न तरिकाले हेर्न सकिने बोर्डले जनाएको छ । जसमा वेबसाइट, एसएमएस र आईभीआरका विकल्प रहेका छन् । तपाईंले निम्न तरिकाले आफ्नो एसईई नतिजा हेर्न सक्नुहुनेछ:

यसपटक विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा हेर्ने व्यवस्था मिलाइएको छ । जसअन्तर्गत नेपाल टेलिकम, स्विफ्ट टेक्नोलोजी, जानकी टेक्नोलोजी, इजी सर्भिस र आकाश टेकले एसईई नतिजा उपलब्ध गराउनेछन् । आईभीआर सेवा भने नेपाल टेलिकमले मात्र उपलब्ध गराउने छ ।

एसएमएसमार्फत नतिजा हेर्ने तरिका

-सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् ।

-त्यसपछि न्यु मेसेजको अप्सनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि SEE लेखेर आफ्नो सिम्बोल नम्बर (उदाहरणका लागि: SEE 12345678) टाइप गरी १६०० वा ३४४५५ वा ३५००१ वा ३४९४९ वा ३१००३ एसएमएस पठाउनुहोस् । एसएमएसमार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ ।

आईभीआर सेवाबाट नतिजा हेर्ने तरिका

नेपाल टेलिकमको आईभीआर मार्फत नतिजा सुन्न १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिनेछ ।

वेबसाइटबाट नतिजा थाहा पाउने तरिका

परीक्षा बोर्डसहित १० संस्थाका वेबसाइटमार्फत एसईई नतिजा हेर्न सकिने छ । सम्पूर्ण विषयमा आएको ग्रेड थाहा पाउनका लागि सिम्बोल नम्बर र जन्ममिति आवश्यक पर्छ ।

-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० बाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-नेपाल टेलिकमबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-स्विफ्ट टेक्नोलोजीबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-इडियु सञ्जालबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-कान्तिपुर पब्लिकेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-खल्ती वालेटबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-ईसेवा लिमिटेडबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

-फोनिक्स एजुकेसन फाउण्डेसनबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

एनसेल आजियाटा लिमिटेडबाट नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

६२ बर्षिय सानु नानी घर्तिको हत्यारा सार्वजनिक।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP