भोर्लेटारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिका भोर्लेटारमा आज करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। करदाता सेवा कार्यालय लमजुङको आयोजनामा लमजुङ उध्योग वाणिज्य संघ भोर्लेटार ईकाईको समन्वयमा भएको कार्यक्रमको अध्यक्षता लमजुङ उध्योग बाणिज्य संघ भोर्लेटार ईकाइका अध्यक्ष सरोज पौडेलले गरेका थिए।

करदाता सेवा कार्यालय लमजुङको प्रमुख हरी ढकालको प्रमुख आतिथ्यमा औपचारिक रुपमा शुरु भएको थियो। प्रमुख अतिथी ढकालले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। भने उद्घाटन लगत्तै प्रमुख अतिथी ढकालले अन्तरक्रिया कार्यक्रम शुरु गर्नु भएको थियो।

आर्थिक बर्षको अन्त्यतिर व्यवसायीहरुलाई लक्षित गर्दै गरिएको कार्यक्रममा कर के हुन कसरी तिर्ने नतिर्दा के के हुन्छन, कुन कुन प्रणाली द्वारा हामीले कर तिरेर व्यवसाय संचालन गर्न सकिन्छ लगायतका कर छुट नतिर्दा करको दायरामा र कारवाहिमा के कसरी परिन्छ भन्ने कुराहरुको जानाकारी लगभग २:३० घण्टे छलफल तथा अन्तरक्रिया प्रमुख अतिथी ढकालले उपस्थित व्यवसाय कर्मिहरुसंग गर्नु भएको थियो।

त्यस्तै गरेर नेपाल बन पैदावार महासंघ गण्डकी प्र्देश अध्यक्ष प्रेम लाल श्रेष्ठले देशको वर्तमान अवस्थाले व्यवसायिहरु दैनिक जसो १६ जनाको आँकडामा झुण्डिएर मरिरहेको छ यो अवस्थामा कर कार्यालयले के गर्न सक्छन सम्बन्धित निकायमा यस्ता घटनालाई यहाँँहरुले पनि पुर्याउन सुझाव पेश गर्दै यस् कार्यक्रमले व्यवसायिहरुलाई ठुलो मद्दत पुगेको भन्दै कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो।

त्यस्तै गरेर लमजुङ उध्योग बाणिज्य संघ लमजुङका महासचिव विपिन श्रेष्ठले पूर्ण रुपमा उपस्थित व्यवसायिहरुले करको बारेमा जान्ने बुझ्ने मौका पाएको र व्यवसाय संचालन र वन्दको बिषयमा प्रष्ट पार्नु भएको थियो। किन भने अब यो आर्थिक बर्षको अन्त्य हो नचुक्नु होला फेरी अनावश्यक कर तिर्न पर्ला भन्दै सबैलाई धन्यवाद दिदै करदाता सेवा कार्यालय लमजुङ्लाई सहयोगको लागी धेरै धेरै धन्यवाद दिनु भएको थियो।

उक्त कार्यक्रममा भोर्लेटार ईकाईका पुर्व अध्यक्ष जाकिर हुसेन मिया, लमजुङ् उध्योग बाणिज्य संघका कार्यसमिती सदस्य सुनिता मिश्र, लमजुङ् उध्योग बाणिज्य संघका कार्यकारी प्रमुख सुदिप न्यौपाने, करदाता सेवा कार्यालयका ना सु महेश शर्मा, लगायत भोर्लेटार ईकाइका सदस्य ज्युहरु र पुर्व पदाधिकारी ज्युहरुको उपस्थिती रहेको थियो।

यस्तै गरेर लमजुङ् उध्योग बाणिज्य संघ भोर्लेटार ईकाईका सदस्य अनिल कुमार राणाभाटले कार्यक्रमको संचालन गर्नु भएको थियो भने स्वागत ईकाइका उपाध्यक्ष अम्बिका प्रसाद् पोखरेलले गर्नु भएको थियो।

अन्त्यमा कार्यक्रमका अध्यक्षता गर्नु भएका लमजुङ् उध्योग बाणिज्य संघ भोर्लेटार ईकाईका अध्यक्ष सरोज पौडेलले मायाको चिनो प्रदान गर्दै करदाता सेवा कार्यालय लमजुङलाई बिशेष धन्यवाद दिदै उपस्थित व्यवसायिहरुले पक्कै पनि करको बिषयमा स्पष्ट हुनु भयो होला भन्दै उपस्थित सवैलाई धन्यवाद दिदै कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

६२ बर्षिय सानु नानी घर्तिको हत्यारा सार्वजनिक।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP