Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली। – Sarangi News

लमजुङ। मध्यनेपाल नेपाल नगरपालिका १ जितामा साउने सक्रान्तिको अवसरमा साउन २ गते देखी शुरु भएको बिष्णु बहादुर गुरुङ एन्ड मन्जा बहादुर गुरुङ राष्ट्रव्यापी खुल्ला रनिङ शिल्ड फूटबल प्रतोयोगिता भोली साउन ८ गते क्वार्टर फाइनल हुने भएको छ।

शुरुमा ४२ टिम भनिएता पनि ३८ टिमको सहभागिता रहेको प्रतियोगिताको छनौट हुँदै जादा हाल सम्म क्वार्टर फाइनलमा आठ टिम पुगेको छ। जस मध्ये भोली हुने पहिलो क्वार्टर फाइनल खेलमा तामाखानी फुउटबल क्लब र खमारी बोट फूटबल क्लब बिच भिडन्त हुनेछ। त्यस्तै दोस्रो खेलमा मानचौका फूटबल क्लब तनहुँँ र होराईजन सोतिपसल बिच भिडन्त हुनेछ। त्यस्तै तेस्रो खेलमा करापुटार क्लब राम बजार र सिसाघाट फूटबल क्लब बिच भिडन्त हुनेछ। त्यस्तै चौथो खेलमा भोर्लेटार भेट्रान्स र गन्ने फूटबल क्लब पोखरा बिच महा भिडन्त हुने भएको छ।

भोलिको क्वार्टर फाईनल सकिए लगत्तै पर्सी साउन ९ गतेका दिन सेमी फाइनल र फाइनल खेल हुने गोल्डेन फ्युचर युवा क्लबका अध्यक्ष राम कृष्ण भुजेलले साराङ्गि न्युजलाई जानकारी गराउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP