Trend
गोरखाका विद्यार्थीलाई पोसाक  ||   शिवरात्री मेलाको लागी ईशानेश्वर महादेव क्षेत्र बिकास समितिले ३८ उप समिती संयोजक चयन गर्‍यो।  ||   कुसुमाकर माविको ३५ औं वार्षिकोत्सव गण्डकी प्रदेश आर्थिक तथा मामिला मन्त्री टकराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न।  ||   र्‍यान्डममा रेणुकाको ‘तुइन जिन्दगी’ को परिचर्चा  ||   नेपाली गजलमा देखिएको विवाद अनावश्यक भएको पोखरेली गजलकारको निष्कर्ष, सातबुँदे घोषणापत्र जारी  ||   गुम्दै गएको शिक्षकको गरिमाः कसरी उकास्ने ?  ||   एनपीएल नालीबेली : कसले के अवार्ड पाए ?  कुन टोलीले कति रुपैयाँ पाउँछ ?  ||   शैक्षिक कल्याणकारी कोषद्वारा प्रअ, अध्यक्ष र विद्यार्थीलाई सम्मान  ||  
सोमबार , माघ ७, २०८१
बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिका १ जितामा ४१ औं साउने सक्रान्तिको अवसरमा खेलाईेको ११ औ बिष्णु बहादुर गुरुङ एन्ड मन्जा बहादुर एण्ड मन्जा बहादुर गुरुङ राष्ट्र व्यापी खुल्ला रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा परेको छ। गत बर्ष पनि हात पार्न सफल गन्नी दोस्रो बर्ष जिते पश्चात रनिङ् शिल्ड पचाउने दाउमा देखिएको छ।

साउन दुई गते देखी भएको खेलमा ३८ टिमको सहभागिता रहेको थियो जसमा लमजुङ् तनहुँ कास्की र चितवन लगायतका खेलाडी टिमहरुको सहभागिता रहेको थियो। चरण समुहको खेल हुँदै सेमि फाइनलमा मानचौका तनहुँं र खमारी बोट त्यस्तै करापुटार क्लब रामबजार र गन्नी फुटबल क्लब पोखरा पुगेका थिए। आज भएको सेमि मा फाइनलमा भिडन्त हुँदा खामरी बोटले मानचौकालाई ०० गोलका बिरुद्द ०६ ले पराजित गर्दै खमारी बोट फाइनलामा प्रवेश गरेको थियो। गन्नी फुटबल क्लब पोखराले करापुटार क्लब रामबजारलाई ०३ गोलका बिरुद्द ०४ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो। फाइनलमा खमारी बोटको र गन्नी फुटबल क्लबको प्रतिष्पर्धात्मक खेल भएको थियो शुरुमा खमारी बोटले गोल गर्न सफल भएको खमारी बोटलाई गन्नी फुटबल क्लब पोखराले तुरुन्तै गोल फिर्ता गरेर अनतत: लगतार ०६ गोल गरेर बिजयी हासिल गर्न सफल भएको थियो।

प्रथम पुरस्कार १ लाख ५१ हजार र दित्तिय पुरस्कार ८१ हजारको धनराशी सहित सय तोला बराबरको चाँदिको कप भएको पुरस्कार मध्यनेपाल नगरपालिका उपप्रमुख सिता गुरुङको प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको थियो। प्रथम तथा दित्तिय हुने दुवै टिमलाई प्रमुख अतिथी गुरुङ्ले रकम, ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गर्दै बधाई दिनु भएको थियो। त्यस्तै गरेर उत्कृष्ट खेलाडिमा खमारी बोटका बिक्की चामलिङ् राइले प्राप्त गरेका थिए। नगद रु २५ सय सहित मेडल र प्रमाण पत्र प्राप्त गरे। उत्कृष्ट गोलकिपर गन्नी फुटबल क्लबका आकाश रानाभाटले प्राप्त गरे। राणाभाटले २५ सय र मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए। सर्वाधिक गोल कर्ता पनि गन्नी फुटबल क्लबका अनुज भन्डारीले प्राप्त गरे भने भण्डारीले २५ सय मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए। खेल भरका उत्कृष्ट टिम करापुटार क्लब रामबजारलाई रु १० हजार र प्रमाण पत्र दिएको थियो। सान्त्वना टिम मानचौका तनहुँलाई नगद रु ५ हजार सहित् प्रमाण पत्र दिएको थियो।

वडा अध्यक्ष सुदिप थापा, ईप्रका भोर्लेटारका प्रमुख ईन्स्पेक्टर राजाराम खड्का, लगायत बिभिन्न राजनऐतिक दलका नेता, समाज सेवी तथा बुद्दी जिवी वर्गहरुको बिशेष आतिथ्यमा रहेको फाईनल खेलमा बिभिन्न सास्कृतिक कार्यक्रमको प्रस्तुती रहेको थियो जसमा सोहि स्थानका ” सुन्दर बजार कटेसी कुन्छा” का चर्चित कलाकार बिवेक धितालको प्रस्तुतिहरु थियो भने स्थानिय चुड्का नाँच समेत प्रस्तुत गरिएको थियो।

अन्त्यमा चन्दा दाता सहयोगी दाता स्पोन्सरहरु लगायत प्रथम दित्तिय पुरस्कार स्पोन्सरहरुलाई धन्यवाद दिदै कार्यक्रम सफल हुन गर्न सहयोग गर्नुहुने ब्यक्ती संस्था लगायत बिभिन्न निकायहरुलाई आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा राख्दै क्लबका अध्यक्ष रामा कृष्ण भुजेलले धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मध्यनेपाल ईसाई एकता समाजले ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न।

मध्यनेपाल नगरपालिका रामबजारमा मुख स्वास्थ्य सेवा दन्त क्लिनिक शुरु।

मध्यनेपालमा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान कार्यक्रम सम्पन्न।

मध्यनेपाल दुईपिप्लेमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न।

शैक्षिक कल्याणकारी कोषद्वारा प्रअ, अध्यक्ष र विद्यार्थीलाई सम्मान

कालीगण्डकीमा आधारित सरकारी आयोजना र सर्वोच्चको त्रुटिपूर्ण फैसलाप्रति गम्भीर ध्यानाकर्षण


TOP