Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता। – Sarangi News

लमजुङ। हरितालिका तिजको अवसरमा खेलाईने ऐतिहासिक सेवेन ए साइड फूटबल प्रतियोगिता भोर्लेटारको ईशानेश्वर खेल मौदानमा आज देखि शुरु भएको छ। धुलपुरे युवा क्लब भोर्लेटारको आयोजनमा शुरु भएको प्रतियोगितामा ३० टिमको सहभागिता रहेको क्लबको अध्यक्ष बिकास गुरुङले बताउनु भएको थियो।

वडा नं ६ भोर्लेटारका वडा अध्यक्ष बिष्णु भक्त पौडेलको प्रमुख आतिथ्यमा शुरु भएको थियो। कार्यक्रममा प्रमुख अथिती पौडेलले दिप प्रवज्वलन गरी रेफ्री वाई बि सुनार र उज्ज्वल राई द्वयलाई बल हस्तान्तरण गरी खेललाई सौहार्द पुर्ण वातावरणमा खेलाडिलाई अनुशासनमा राख्दै खेल खेलाउन अनुरोध गरेका थिए।

पश्चिम लमजुङ धुलपुरबजारको एक ऐताहिसिक रुपमा संचालन हुने यो खेल बिगतका समयमा ईशानेश्वर माविको प्राँगणमा हुने गर्दथ्यो हाल भवन निर्माण भएको हुनाले बिगतका केही बर्ष यता क्याम्पसको खेल मैदानमा हुन थालेको हो। जसलाई धुलपुर क्लबले निरन्तरताका साथ खेलप्रेमी दर्शक र खेलाडिहरुलाई मनोरन्जनका साथै युवाहरुलाई खेलप्रती थप प्रोत्साहन सहित सवलिकरण गर्नमा अहम भुमिका खेलेको छ।

आजको उद्घाटन खेल सुन्दर बजार युवा क्लब र बगैँचा क्लब भोर्लेटार बिच भएको थियो। पहिलो चरणको पहिलो खेलमा सुन्दरबजारले बगैचालाउ शुन्यका बिरुद्द ०७ गोलले पराजित गरेको थियो। दोस्रो खेल ग्यालेक्सी क्लब शिशघाट र धुलपुरे U16 बिच भएको थियो। शिशाघाटले धुलपुर U16 लाई शुन्यका बिरुद्द ०५ गोलले पराजित गरेको थियो। त्यस्तै तेस्रो तथा आजको अन्तिम खेल तल्लोटार क्लब भोर्लेटार र करापुटार क्लब रामबजार बिच भएको थियो। जसमा तल्लोटार क्लबले करापुटारलाई शुन्यका बिरुद्द ०४ गोलले पराजित गर्न सफल भएको थियो।

प्रथम पुरस्कार १ लाख ५० हजार कप प्रमाण र मेडल, दोस्रो पुरस्कार ८० हजार कप प्रमाण पत्र र मेडल सेमि फाईनलिस्टलाई दुई टिमलाई १०१/१० हजार, प्रमाण ओअत्र अनुशाशित टिमलाई रु ८ हजार र प्रमाण पत्र, उकृष्ट गोल रकक्षकलाई रो ३ हजार ट्रफी र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता रु ३ हजार ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडीलाई रु ३ हजार ट्रफी र प्रमाण पत्र रहेको क्लबका अध्यक्ष  गुरुङले बताउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP