मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम। – Sarangi News

लमजुङ। आत्माह्त्या रोकथाम दिवस १० सेप्टेम्बर२०२४ को अवसरमा मध्यनेपाल नगरपलिकामा विभिन्न स्थानमा चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ। “आत्माहत्या रोकथाम बारे संवाद सुरु गरौं दृष्टिकोण बदलौं। मुल नाराका साथ भएकाअ कार्यक्रमहरु मध्यनेपाल स्वास्थ्य चौकिले वडा नं ६ को कार्यलयमा र ईलाका प्रहरी कार्यलयमा छुट्टाछुट्टै कार्यक्रम भएको थियो।

वडा नं ६ को कार्यलयमा स्वास्थ्य कर्मी समीक्षा खनाल र सुचना गुरुङको संयोजकत्वमा वडा नं ६ को वडा अध्यक्षतामा भएको थियो। प्रोजेक्टर र स्लाईडका माध्यम बाट आत्माहत्या रोकथामका बुँदाहरु बिद्यालयका बिद्यार्थी लगायत समाजका बुद्दिजिवी वर्गहरुलाई रोकथाम र न्युनिकरणका उपायहरु बताउनु भएको थियो। त्यस्तै वडा अध्यक्ष बिष्णु भक्त पौडेलले अती आवश्यक कार्यक्रम स्वाथ्य चौकिले ल्याएकोमा धन्यवाद ब्यक्त गर्दै अन्य टोलटोल समुदाय बिद्यालय र अन्य स्थानमा पनि अपरिहार्य रहेको बताउनु भएको थियो।

त्यस्तै गरेर ईप्रका भोर्लेटारले प्रहरी निरिक्षक राजाराम खडकाको संयोजकत्वमा ईप्रकामा नगर उपप्रमुख सीता गुरुङको प्रमुख आतिथ्यमा एवम स्वास्थ्य प्रमुख सुर्य प्रसाद पौडेलको विशेष आतिथ्यमा, कोसिसका प्रतिनिधिहरुको उपस्थितिमा गरिएको थियो।

नगर उप प्रमुख गुरुङले यस्ता कार्यक्रम गर्नका लागि नगरपालिका सदैव तयार रहेको बताउदै, यस्ता कार्यक्रममा हामी सबैले जिम्मेवारी बोध गर्दै हरेक टोल बस्ती बिद्यालयहरुमा गर्नु पर्ने बताएकी थिइन। त्यस्तै स्वाथ्य प्रमुख पौडेलले पनि मध्यनेपाल नगरपालिका भरमा यस्ता खाले अभिमुखिकरण कार्यक्रमको नेतृत्व लिने बताए। त्यस्तै कोइसिसका कृष्ण माया थापाले विभिन्न कार्यलयमा सस्थामा या कुनै जागिरमा भएका होस या घरैमा रहेका जो कोहिको लागि पनि अती आवश्यक रहेको र उपस्थित जनप्रतिनिधी राजनिती कर्मी या अन्य बुद्दिजिविहरु सबैले ध्यान दिन अति नै जरुरी रहेको बताएकि थिइन।

उक्त कार्यकममा नगरपालिका कर्मचारीहरु समाज सेवि, राजनिती कर्मी लगायत बुद्दीजिबि बर्गहरुको उपस्थिती रहेको थियो भने। संयोजक प्रनी खडकाले यस क्षेत्रमा भएका आत्माहत्याका घटनाहरुको उदाहरण सहित यसको न्युनिकरणको बारेमा प्रष्ट पारेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP