भोर्लेटार(लमजुङ) – ईलाका प्रहरी कार्यलय भोर्लेटार लमजुङका प्रहरी निरिक्षक ध्रुब प्रसाद शर्माले लुकाई छिपाई राखेको हतियार (भरुवा बन्दुक) बरामद गरी अर्को सफलता हासिल गर्न सफल भएको छ। यसभन्दा अगाडि समेत असार २५ गतेका दिन मध्यनेपाल नगरपालिका वडा नं ९ र १० को जंगल बिचमा ५ थान भरुवा बन्दुक बरामद गर्न सफल भएका थिए।
सशस्त्र द्वन्द्वकाल देखिको होस या जेन्जी आन्दोलनमा लुटिएका हात हतियारहरु अझै पनि गाउँगाउमा लुकाई छिपाई राखेको अवस्थामा छ। सोही खोजी अनुसन्धानका दौरान हिजो साउन २७ गतेका दिन मध्यनेपाल नगरपालिका वडा नं ०७ लक्ष्मी बजारको लक्ष्मी आधारभुत विद्यालयको नजिकैको महखोलाको जंगलमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरी निरिक्षक शर्माको टोलीले दुई थान भरुवा बन्दुक बरामद गर्न सफल भएका हुन।

प्रनी शार्माको लगभग एक बर्षे कार्यकाल भोर्लेटारका स्थानिय जनताको शान्ती र शुसाशन कायम राख्नमा सफल भएको देखिएको छ कुनै पनि अपराधीक गतिविधि र घटनाहरुलाई उम्किन दिएका छैनन भने चोरी डाँका डकैत या लुकाई छिपाइ राखेको हात हतियार जस्तो संवेदनशील चिजलाई बरामद गर्नु भनेकै ब्यक्ति तथा समाज देखि हरेक पक्षलाई सुशुचित र सुशान राख्नमा सफल मानिन्छ।











