Trend
श्रावण महिनाको अन्तिम सोमबार शिवरात्रीको छनक ईशानेश्वर महादेव मन्दिरमा।  ||   लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||  
मंगलबार , साउन २६, २०८३
श्रावण महिनाको अन्तिम सोमबार शिवरात्रीको छनक ईशानेश्वर महादेव मन्दिरमा। – Sarangi News

करापुटार(लमजुङ) – लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ०७ करापुटारको ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको अन्तिम सोमबार श्रद्दालु भक्तजनहरुको अत्याधिक बाक्लो उपस्थिति रहेको थियो। वर्षा भै रहेको थियो तर छाता तथा रेन्कोट ओढेर घण्टौ लाईनमा बसेर मन्दिर देखि सडकसम्म लागेको लाइनले महाशिवरात्रीको छनक अर्थात अवस्था देखाएको थियो। साउन महिनामा हरिया चुरा हरिया वस्त्र पहिरिएर शिवको दर्शन गर्न आउने महिलाहरुको भिड्मा पुरुषहरुको पनि उत्तिकै भिड रहेको थियो।

पशुपती नाथको दोस्रो रुप मानिने ईशानेश्वर महादेव मन्दिरमा सन्तान नभएका महिला पुरुषहरुको दर्शन तथा पुजा आरधना गर्न उपस्थिति रहने गर्दछ किन भने यस मन्दिरमा व्रत तथा पुजा आरधना गर्नाले धेरैको सन्तान प्राप्ति भएको उदाहरणहरु पाईन्छ त्यसैले यस महादेव मन्दिरलाई सन्तानेश्वर महादेव मन्दिर पनि भन्ने पनि गरिन्छ। विशेष गरेर शिवरात्रीमा गरिने पुजा आरधाना व्रत मन्दिरमा पछिल्लो समयमा मलमास तिथि मितिका आधारमा रहेर श्रदालु भक्तजनहरु श्रावण महिनाको सोमबार अत्यधिक मात्रामा देश तथा बिदेशबाट उपस्थित हुने गरेको पाईएको छ।

गण्डकी प्रदेश सरकारका पुर्व वन मन्त्री एवम सभासद भेष बहादुर पौडेल, मध्यनेपाल नगरपलिकाका नगर उप प्रमुख सीता गुरुङ, लगायतका अन्य व्यक्तीत्वहरुले समेत ईशानेश्वर महादेव मन्दिरमा अन्तिम सोमबारको अवसर पारेर शिबको दर्शन तथा पुजा आरधानामा सहभागिता जनाउनु भएको थियो।

अन्य सोमबारका झै अन्तिम सोमबारमा पनि विभिन्न स्थानका भजन समुहहरुको उपस्थिति रहेको थियो। बिशेष गरेर पोखराका संस्कृत भजन वाटिका समूह नयाँ बजारको उपस्थिति र भजन कृतनले श्रद्दालु भक्तजनहरुलाई भोक प्यास बिर्साएको थियो। भजनमा श्रद्दालु भक्तजनहरु गाउदै नाँच्दै रमाउदै गरेको पाईएको थियो।

गत सोमबारहरुमा जस्तै यस अन्तिम सोमबारमा पनि साँझमा दिव्य महा आराती गरिएको थियो। अन्तिम सोमबारको साँझमा कर्ता लगायत भक्तजनहरु बिगतका सोमबार भन्दा बाक्लो उपस्थिति रहेको थियो। उपयोगी धार्मिक विविध सेवा रामघाट पोखराका पण्डितहरु रवि लामिछाने, बिकाश पौडेल, शुरेस सापकोटा, र गणेश पौडेलले नै श्रावण महिनाको  ४ वटै सोमबारमा महा आराती पुजा पाठ गर्नु भएको थियो। भने थप आकर्षण शिव ताण्डप नृत्य प्रस्तुत गरिएको थियो। पोखरा महानगरपालिका वडा नं ३१ बेगनासताल निवासी शुभेच्क्षा त्रीपाठीले ताण्डप नृत्य गरेकि हुन।

त्यस्तै गरेर दर्शन गर्न आउने श्रद्दालु भकतजनहरुका लागि निशुल्क प्रसादको ब्यवस्थापन गरिएको थियो जसमा छोरी बुहारी कुँवर समुहले अर्थिक व्यवस्थापन गरेको थियो। लगभग ८० हजार बराबरको चिया तथा प्रसाद बितरण गरिएको समुहका संयोजक मैयाँ कुवँरले जानकारी गराउनु भएको थियो। भने दर्शन गर्न आएका भक्तजनहरुबाट ३ लाख ५० हजार रुपैयाँ दान संकलन भएको ईशानेश्वर महादेव क्षेत्र बिकास समितिका अध्यक्ष गुणराज घिमिरेले जानाकारी गराउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP