Trend
जिताकोट साउने सक्रान्ती मेला शुरु, ४० टिमको सहभागीता।  ||   मिस नेपालमा पोखरेली चेली सङ्गीता पौडेल  ||   पूर्वप्रधानाध्यापक भण्डारीद्वारा वेद-वेदाङ्गका विद्यार्थीलाई शैक्षिक सामग्री  ||   गीतकार प्रतिष्ठानद्वारा नवगठित गण्डकी प्रज्ञा प्रतिष्ठानका पदाधिकारीलाई बधाई र शुभकामना  ||   श्रावण महिनाको सोमबारको विशेष तयारी; ईशानेश्वर महादेव मन्दिरमा।  ||   गण्डकी आदर्शमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण  ||   कास्कीका विद्यालयमा वैज्ञानिक ढङ्गले दरबन्दी मिलान गर्न शिक्षक महासङ्घकै माग  ||   कास्की रुपाको बजेट झन्डै साढे ५५ करोड, युवा रोजगार र किसान लक्षीत।  ||  
शनिबार , साउन २, २०८३
जिताकोट साउने सक्रान्ती मेला शुरु, ४० टिमको सहभागीता। – Sarangi News

मध्यनेपाल:- ४३ औं साउने सक्रान्ती मेला तथा १३ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ खुल्ला राष्ट्रीय रनिङ शिल्ड फुटबल प्रतियोगिता गोल्डेन फ्युचर युवा क्ल्बको आयोजनामा मध्यनेपाल नगरपालिका वडा नं ०१ जिताकोटको खेल मौदानमा शनिवार देखी शुरु भएको हो।

क्लबका सल्लाहाकार एवम समाज सेवी हेमलाल खवासद्वारा स्वागत मन्तव्य राख्दै शुरु भएको औपचारिक कार्यक्रममा मध्यनेपाल नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सुदिप थापाले प्रमुख अतिथिको आसन ग्रहण गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता गोल्डेन फ्युचर युवा क्लवका अध्यक्ष रामकृष्ण भुजेलले गर्नु भएको थियो।

प्रमुख अतिथी थापाले ब्यानर अनावरण एवम ब्यानर पढेर समुद्घाटन गर्नु भएको उक्त प्रतियोगितामा ४० टिमको सहभागिता जनाव्को र  गोर्खा, तनहुँ, चितवन, कास्की, स्याङ्जा लगायतका विभिन्न जिल्लाका खेलाडी टिमहरुको सहभागीता रहेको  क्लबका अध्यक्ष भुजेलले बताउनु भएको थियो।


घाँटु चुड्का खोइ लगायतका विभिन्न नाँचगान सहितको संस्कार संस्कृति झल्काउदै मनाउने जिताकोटको साउनेसंक्रान्ती मेला हाल आएर फुटबल खेलमा मात्र सिमित रहेकोछ। बसाई सरेर गाँ बस्ती खाली भएता पनि साउने सक्रान्ती मेलाको अवसरमा आर्थिक भौतिक र नैतिकरुपमा उपस्थिति रहेको पाईन्छ जसले गर्दा जिताकोट मेला एवम फुटबलले राष्ट्रिय र अन्तरास्ट्रिय रुपमा चर्चा बटुलेको अवस्था देखिन्छ।


प्रमुख अतिथी थापाले रेफ्रीलाई बल हस्तान्तरण गर्दै उदघाटन खेलका खेलाडीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो। साथै शुभकामना मन्तव्यका  क्रममा बिभिन्न्न जिल्लाबाट सहभागिता जनाउने खेलाडीहरुलाइ अनुशासनमा रहेर खेलेदिन आग्रह गर्दै भोलि खेल्दै जाँदा एउटा टिमले जित्ने हो हार्नेले गुनासो रहित बनेर आगामी खेलका लागि जिम्मेवार बनिदिन आग्रह गर्नु भएको थियो। त्यस्तै गरेर देश तथा बिदेशबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सहयोगीहरुलाई सझिदै गत बर्ष यश खेल मैदानलाई स्तरोन्नति गर्ने मेरो आफ्नो र नगर प्रमुख रमेश कुमार पाण्डेको गतबर्षको प्रतिबद्धता जेन्जी आन्दोलनका कारण नयाँ सरकार आए पश्चात सबै योजनाहरु स्वाह भएको यो हाम्रो खेल मैदानको बजेट समेत काटिएको हुनाले त्यसप्रति नगर प्रमुख र मेरो तर्फबाट भन्दै क्षमा माग्नु भएको थियो। तर पनि कहि न कहिँबाट कसरी हुन्छ  कोसिस गर्ने प्रतिवद्दता सहित यो समस्याको बारेमा क्लब तथा जिताकोट बासिले पक्कै बुझ्ने कुरामा निश्चिन्त रहेको र  अन्त्यमा खेल अवधीभर कुनैपनी समस्या भएमा म आफै मैदानमा रहेको बताउदै खेल शान्तीपुर्ण सौहार्द पुर्ण वातावरणमा सम्पन्न गर्न गराउन हामी सबैको जिम्मेवारी रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP