लमजुङ। मध्यनेपाल नगरपालिका ७ रामबजारको कुसुमाकर माबिमा भएको १६ औं राष्ट्रपती रनिङ् शिल्ड प्रतियोगितामा हिमाली आवासिय मावी भोर्लेटार प्रथम हुन सफल भएको छ। मध्यनेपाल नगरपालिकाको नगर प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रम कार्तिक २९ गतेबाट शुरु भएको थियो भने आज मंसिर २ गते सकिएको छ।
११ स्वर्ण ५ रजत ४ कास्य गरी जम्मा २० पदक सहित हिमाली आवासिय मावी प्रथम, ७ स्वर्ण १ रजत गरी जम्मा ८ पदक सहित कुसुमाकर मावी दोस्रो बन्न सफल भएका छन भने ३ स्वर्ण १३ रजत् र ४ कास्य जम्मा २० पदक सहित ईशानेस्वर मावी तृतिय हुन सफल भएका छन। प्रथम हुने ले रु २० हजार शिल्ड ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेकाछन भने दित्तियले रु १५ हजार ट्रफी मेडल र प्रमाण पत्रहरु त्यस्तै तृतियले रु १० हजार ट्रफी मेडल र प्रमाण पत्रहरु प्राप्त गरेका छन। नगरपालिका भर १६ वटा बिद्यालय रहेको छ जसमा ११ बिद्यालयको सहभगिता रहेको थियो।
मध्यनेपाल नगरपालिकाको आयोजनामा र कुसुमाकर बिद्यालयको ब्यवस्थापनामा भएको कार्यक्रममा बिजेता, उप बिजेता लगायत खेलाडी छात्रा तथा छात्र बिद्यार्थीहरुलाई कार्यक्रमका सभापती वडा अध्यक्ष हिरा बहादुर गुरुङले टिका लगाई नगर प्रवक्ता एवम वडा नं १० को वडा अध्यक्ष राम चन्द्र भण्डारीले प्रमाण पत्र र प्रमुख अतिथी पाण्डेले मेडल प्रदान गरी बधाई तथा शुभकामना दिनु भएको थियो।
अन्त्यमा प्रमुख अतिथिको वक्तव्यमा नगर प्रमुखले बिजेता तथा उपबिजेता बिद्यालय सबैलाई बधाई तथा शुभकामना दिदै आगामी दिनमा जिला स्तरिय पनि हाम्रो मध्यनेपालमा हुन सक्ने अर्थात पालो हाम्रो नै त्यती बेलाको लागि सबै बिद्यालयले तयारी गर्न अनुरोध गर्नु भएको थियो। साथै अनुपस्थित् बिद्यालयलाई आगामी प्रतियोगितामा उपस्थित भएर आफ्ना विद्यार्थीको खेलकुदमा अग्रसरता बढाउन अनुरोध गर्नु भएको थियो।
समापन कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति एवम वडा नं ७ को वडा अध्यक्ष हिरा बहादुर गुरुङ्ले सर्वप्रथम बिजेता उप बिजेता लगायत सम्पूर्ण सहभागी खेलाडी बिद्यार्थीलाई बधाईइ दिनु भएको थियो। त्यस्तै गरेर कार्यक्रममा सफल भएकोमा खुशी व्यक्त गर्दै साथ र सहयोग गर्ने सबै बिद्यालयलाई हार्दिक धन्यवाद दिनु भएको थियो। काम गर्दा कही कतै कमी कमजोरी भए होलान त्यस्लाई सच्याउने वाचा सहित कार्यक्रम समापनको घोषणा गर्नु भएको थियो।