Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
आइतबार , बैसाख ६, २०८३
मङ्गलाको हीरक महोत्सवमा साहित्य सम्मेलन , समापनमा राष्ट्रपति आउँदै – Sarangi News

पोखरा । लमजुङको मध्यनेपाल-३, सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक महोत्सवका अवसरमा मङ्गलवार साहित्य सम्मेलन सम्पन्न भएको छ ।

सो अवसरमा आयोजित विद्यालयस्तरीय कविता प्रतियोगितामा ईशानेश्वर माविकी सिद्धिका साँखी प्रथम भइन् । प्रतियोगितामा भैरवकाली माविकी एन्जल साँखी द्वितीय, कुसुमाकर माविका भक्तमान विक तृतीय तथा मङ्गला माविकी स्मारिका गिरी र बालविकास माविकी अम्बिका दुरा सान्त्वना भए । प्रतियोगिताका निर्णायकहरूमा मङ्गला माविकै पूर्व विद्यार्थी साहित्यकारद्वय रुपिन्द्र प्रभावी र विपिन मर्म रहेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बसौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिका, तनहुँका नगरप्रमुख वैकुण्ठनाथ न्यौपानेले शैक्षिक जागरणका लागि मङ्गलाले खेलेको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरे ।

विद्यालयका प्रधानाध्यापक विष्णुहरि बास्तोलाले कसैले आफ्नो माटो बिर्सन नहुने बताउँदै विद्यालयको हीरक महोत्सव ऐतिहासिक बनेको बताए । यस कार्यक्रममा आआफ्नो ठाउँबाट योगदान गर्न सबैसँग उनले आग्रह गरे ।

गजलकार प्रदिप रोदनको विशेष गजल वाचनसमेत रहेको कार्यक्रममा कवि डा. बमबहादुर थापा ‘जिताली’, रमेश पौडेल, रमेशचन्द्र घिमिरे, विपिन मर्म, रुपिन्द्र प्रभावी, रामकुमार फुच्चेलगायतले आफ्ना रचना सुनाएका थिए । विद्यालयका शिक्षक तथा साहित्यकार तीर्थराज तिवारीको संयोजनमा भएको कार्यक्रममा हालसम्म एसएलसी परीक्षामा प्रथम हुने विद्यार्थीहरू र सहयोगीहरूलाई सम्मान गरिएको थियो ।

यसै बिच, माघ ११ गतेदेखि सुरु भएको समारोहको आज माघ १६ गते हुने समापनमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहने विद्यालयका प्रधानाध्यापक विष्णुहरि बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP