Trend
कक्षा कोठा २.०: कृत्रिम बौद्धिकताको जादू कि जाल ?  ||   रेडक्रसको जिल्लास्तरीय वक्तृत्वकलामा अमरसिंह माविकी मानसी प्रथम  ||   कमेरे भञ्ज्याङमा पहिरो, रामबजार साल्मे सडक अवरुद्द, भञ्ज्याङ बस्ती जोखिममा।  ||   ईप्रका भोर्लेटारका प्रनि- शर्माको अर्को सफलता, २ थान बन्दुक बरामद।  ||   सुन्दरबजारमा प्रथम खुल्ला तिज गित प्रतियोगिता हुँदै।  ||   श्रावण महिनाको अन्तिम सोमबार शिवरात्रीको छनक ईशानेश्वर महादेव मन्दिरमा।  ||   लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||  
मंगलबार , भाद्र २, २०८३
धम्पु दुराले ठाडो भाका जग्गा किन्ने प्रतिवद्दता गर्यो शिवरात्रीमा – Sarangi News

लमजुङ। करापुटारमा धम्पु दुराले ठाडो भाका जग्गा किन्ने प्रतिवद्दता गर्यो। शिवरात्रीको अवसरमा श्री ईशानेश्वर महादेव क्षेत्र बिकास समिती तथा दुरा सेवा समाज केन्द्रीय कार्य समितिको व्यवस्थापनमा र देउमनी कला केन्द्रको आयोजनमा भएको ठाडो भाका गायन कार्यक्रममा सो घोषणा गरेको हो।

करापुटारमा ठाडोभाकाका कार्यक्रम गर्दा एक राम्रो स्टेज नभएको र ब्यवस्थापनमा झेल्नु परेका समस्या जो कि खेतको गरा कुनामा बस्न पर्ने अवस्थालाई निरुपण गर्नका लागि आबश्यक रहेको बताउदै यस कार्यमा सीता दुरा र धम्पु दुरा रथयात्रामा लाग्ने बताउनु भएको थियो।

त्यस्तै भारतको आसम देखि आएका साङितिक पद यात्राका टोलिलाई स्वागत तथा सम्मान समेत गरिएको थियो।

देउबहादुर दुरा र पन्च सुब्बा गुरुङलाई ठाडो भाकाको अग्रज मानेर हालसम्म सिरोपर गर्दै अगाडि बढेको र बचाउन आवश्यक रहेको कार्यक्रमका सभापती दुरा सेवा समाज केन्द्रीय समितिका अध्यक्ष सुरेश कुमार दुराले बताउनु भयो।

ठाडो भाका लोक कलाका निवर्तमान संयोजक कार्यक्रमका प्रमुख अतिथि नरबहादुर दुराले मादल बजाएर उद्घाटन गर्दै ठाडोभाकाको नाममा च्याउ जस्ता उम्रेका सस्थाहरुले ठाडो भाकालाई न्याय गर्न अनुरोध गर्नु भएको थियो।

उक्त कार्यक्रमका संन्चालन लमजुङ दुरा सेवा समाज का सचिव ओम बहादुर दुराले सन्चालन गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP