Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
बाल बाथरोग विशेषज्ञ डा. धर्मागत पोखरा आउने – Sarangi News

पोखरा, वैशाख ६ गते । डा. धर्मागत भट्टराई पहिलो पटक आगामी वैशाख १३ गते शनिवार पोखरा आउने भएका छन् । पोखरा क्लिक अनलाइन सञ्चार गृहको आयोजनामा नेपालकै एक मात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ डा. भट्टराईबाट निःशुल्क स्वास्थ्य शिविर तथा तथा परामर्शका लागि पोखरा आउन लागेका हुन् ।

डा. भट्टराईसँग विश्वका विभिन्न देशमा कार्य गरेको अनुभव छ । पोखरामा उनले बालबालिकामा हुने बाथरोग र प्रतिरक्षासम्बन्धी परीक्षण गरी आवश्यक परामर्श दिने छन् ।

पोखरो नयाँबजारमा सञ्चालनमा आउने तयारीमा रहेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोग र पोखरा ९ वडा कार्यालयको समन्वयमा सञ्चालन हुने शिविरमा प्रतिरक्षा तथा बाल बाथरोगको पहिचान गर्नमा समस्या, पहिचानपछि निदानमा उस्तै समस्या रहेकाले गण्डकी प्रदेशका जनसमुदायलाई यो रोगका बारेमा सुसूचित गर्नका लागि कार्यक्रम आयोजना गरिएको  सञ्चार गृहका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । यस्ता रोगका बिरामीले समयमै उपचार पाउँदा परिवार र समुदायलाई आर्थिक तथा मानसिक हिसाबले सहज होस् भन्ने अभिप्रायले भट्टराईलाई पोखरामा ल्याएर शिविर सञ्चालन गर्न लागिएको बरालले जनाए ।

शिविर पोखरा नयाँबजारमा अवस्थित बृहस्पति पेट्रोल पम्पको ठिक अगाडि हस्पिटल परिसरमा २०८२ वैशाख १३ गते शनिवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने भएको हो ।

१६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सहभागी गराउन आह्वान गरिएको उक्त शिविरमा आउने अन्य सेवाग्राहीलाई हस्पिटलको प्रयोगशालामा मधुमेह र पिसाब निःशुल्क परीक्षणको सुविधासमेत अस्पतालले उपलब्ध गराउने छ ।

शिविरमा अन्य परीक्षण गराउने सेवाग्राहीलाई अस्पतालले ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डोलेन्द्र आचार्यले जानकारी दिए ।

आचार्यले थपे, “हस्पिटल सञ्चालनको पूर्व सन्ध्यामै सञ्चार संस्थासँगको सहकार्यमा शिविर सञ्चालन गर्न पाउँदा निकै गौरवबोध भएको छ, आगामी दिनमा विभिन्न संघसंस्थासँगको समन्वयमा निरन्तर सेवामूलक सचेतना र शिविर सञ्चालन गर्दै अगाडि बढ्ने कार्ययोजना हस्पिटलको रहेको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP