भिमादमा इम्युन कमी भएका बिरामी पहिचानसम्बन्धी सचेतना कार्यक्रम – Sarangi News

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा इम्युन कमी भएका बिरामीहरूको पहिचान तथा जीवन सहजतासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

प्राइमरी इम्युनोडिफिसियन्सिस एन्ड इन्बर्न एरर्स इनिसिएटिभको आयोजनामा भएको कार्यक्रममा नेपालकै एक मात्र प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ डा. धर्मागत भट्टराईले इम्युन कमी भएका बिरामीहरूको पहिचानका लागि परीक्षण महँगो पर्ने र लाक्षणिक उपचारमा जोड दिइने हुनाले पहिचान कम हुने गरेको बताए । उनले रोगको मूल जरामा नगई वर्तमानमा देखिएको कुरालाई मात्रै सतही उपचार गरेर रोग निको हुन नसक्ने बताए । पटक पटक कुनै लक्षण देखिएमा इम्युन कमी भएको शङ्का गर्नुपर्ने बताउँदै डा. भट्टराईले इम्युनको कमी भएका बिरामीको पहिचान भएपछि पनि उपचार महँगो र जटिल भएकाले राज्यले सहयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले स्वास्थ्यका क्षेत्रमा यस्ता कार्यक्रम निकै महत्त्वपूर्ण भएको बताउँदै आफूले पनि इम्युनसम्बन्धी नयाँ कुरा जानकारी पाएको बताए ।

संस्थाका अध्यक्ष सन्दिप पौडेलले पटक पटक कुनै रोगको लक्षण दोहोरिएमा इम्युन कमी भएको अनुमान गरी जाँचका लागि पठाउनुपर्ने धारणा राखे । उनले रहेक व्यक्तिको जीवन महत्त्वपूर्ण हुने बताउँदै १/२ जनाको मात्र जीवन रक्षा भयो भने पनि उपलब्धि ठान्नुपर्ने अवस्था रहेको बताए ।

कार्यक्रममा भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी र सर्वसाधारणको सहभिगता रहेको थियो । कार्यक्रमको सञ्चालन सुरज लम्सालको सञ्चालनमा भएको कार्यक्रममा भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका डा. सुदन अधिकारीले स्वागत गरेका थिए । विश्व PI सप्ताहका अवसरमा कार्यक्रम आयोजना गरिएको हो । हरेक वर्ष अप्रिल २२ देखि २९ सम्म PI सप्ताह मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।

आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

गीतकार सम्मान आरजुलाई दिइने

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज


TOP