Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
भिमादमा इम्युन कमी भएका बिरामी पहिचानसम्बन्धी सचेतना कार्यक्रम – Sarangi News

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा इम्युन कमी भएका बिरामीहरूको पहिचान तथा जीवन सहजतासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

प्राइमरी इम्युनोडिफिसियन्सिस एन्ड इन्बर्न एरर्स इनिसिएटिभको आयोजनामा भएको कार्यक्रममा नेपालकै एक मात्र प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ डा. धर्मागत भट्टराईले इम्युन कमी भएका बिरामीहरूको पहिचानका लागि परीक्षण महँगो पर्ने र लाक्षणिक उपचारमा जोड दिइने हुनाले पहिचान कम हुने गरेको बताए । उनले रोगको मूल जरामा नगई वर्तमानमा देखिएको कुरालाई मात्रै सतही उपचार गरेर रोग निको हुन नसक्ने बताए । पटक पटक कुनै लक्षण देखिएमा इम्युन कमी भएको शङ्का गर्नुपर्ने बताउँदै डा. भट्टराईले इम्युनको कमी भएका बिरामीको पहिचान भएपछि पनि उपचार महँगो र जटिल भएकाले राज्यले सहयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमका प्रमुख अतिथि भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले स्वास्थ्यका क्षेत्रमा यस्ता कार्यक्रम निकै महत्त्वपूर्ण भएको बताउँदै आफूले पनि इम्युनसम्बन्धी नयाँ कुरा जानकारी पाएको बताए ।

संस्थाका अध्यक्ष सन्दिप पौडेलले पटक पटक कुनै रोगको लक्षण दोहोरिएमा इम्युन कमी भएको अनुमान गरी जाँचका लागि पठाउनुपर्ने धारणा राखे । उनले रहेक व्यक्तिको जीवन महत्त्वपूर्ण हुने बताउँदै १/२ जनाको मात्र जीवन रक्षा भयो भने पनि उपलब्धि ठान्नुपर्ने अवस्था रहेको बताए ।

कार्यक्रममा भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी र सर्वसाधारणको सहभिगता रहेको थियो । कार्यक्रमको सञ्चालन सुरज लम्सालको सञ्चालनमा भएको कार्यक्रममा भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका डा. सुदन अधिकारीले स्वागत गरेका थिए । विश्व PI सप्ताहका अवसरमा कार्यक्रम आयोजना गरिएको हो । हरेक वर्ष अप्रिल २२ देखि २९ सम्म PI सप्ताह मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 69 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP