Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
शनिबार , बैसाख १२, २०८३
अबको एक मात्र भरोसा रास्वपा : सोविता गौतम – Sarangi News

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी, रूपा गाउँपालिका, कास्कीको पालिका कार्यालय केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद सोविता गौतमले शनिवार गरेकी छन् ।

नयाँ वर्षको शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचनसमेत गरिएको कार्यक्रममा सांसद गौतमले अबको एक मात्र भरोसाको केन्द्र रास्वपा भएको बताइन् । उनले सबै दलका कार्यकर्तालाई रास्वपामा जोडिन आग्रह गर्दै दलका शीर्ष नेतृत्वले गरेको गल्तीको साझेदार नबन्न आग्रह गरिन् । उनले भनिन्, ‘हामीले पार्टी खोलेको छोटो  समयमा यति माया पाएका छौँ, ८४ मा बहुमत पाएर जनताका काम गर्ने छौँ ।’ संसदीय समितिले कुनै सहकारीमा रवि लामिछानेले केही कमजोरी गरेका छैनन् भन्दा पनि राजनीतिक प्रतिशोधका कारण रविलाई थुनेको जनताले हेरिरहेकाले यसको हिसाब ८४ मा मतबाट दिने विश्वास व्यक्त गरिन् । गौतमले न्यायको पक्षमा फैसला हुने र रवि लामिछाने छिट्टै थुनामुक्त हुने बताइन् ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश, जिल्ला, क्षेत्र र पालिकाका नेता कार्यकर्ताले शुभकामना आदानप्रदान गरेका कार्यक्रममा  रूपाका ६० जना व्यक्तिहरु अन्य दल परित्याग गरी रास्वपामा प्रवेश गरेका छन् । उनीहरूले अन्य दलमा लामो समय लाग्दा जनताको काम गर्ने दल नभएको बुझेर  अन्तिम विकल्पका रूपमा रास्वपामा प्रवेश गरेको बताएका थिए । कार्यक्रममा सबैभन्दा धेरै रूपा ४ र ५ बाट रास्वपा प्रवेश गरेका छन् ।

पालिका सभापति राजेन्द्र सुवेदीले अब रूपामा घण्टी बज्न लागिसकेको बताए । शक्तिमा भएकाले कसैलाई प्रभावित बनाउने हो भने विचार र व्यवहारले प्रभावित गर्न तर राज्य शक्तिको आडमा कसैलाई प्रभावित बनाउन नखोज्न चुनौती दिए । उनले रास्वपाका नेता/कार्यकर्तालाई जनमैत्री बन्दै जनताको अप्ठ्यारोमा साथ दिन आग्रह गरे ।

रास्वपा वडा न २ का पूर्व सचिव मिलन थापाको सञ्चालनमा भएको कार्यक्रममा ४५० भन्दा बढी जनताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP