Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
रूपामा बुद्धजयन्तीमा मोहोरिया मेला हुने – Sarangi News

रूपा । कास्कीको रुपागाउँपालिका स्थित मोहोरियामा २५६९ औं बुद्ध जयन्तीको अवसरमा तीन दिने मोहोरिया मेला हुने भएको छ । सिद्धार्थ स्मृति क्लबको आयोजनामा वैशाख २७ देखि २९ गतेसम्म मेला हुन लागेको हो । “खेलकुदद्वारा स्वास्थ्यमा सम्वद्र्धन, मेलाद्वारा पर्यटनको प्रवद्र्धन” भन्ने नाराका साथ आयोजित मेलाको मुख्य आकर्षक साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता रहेको क्लबका पूर्वअध्यक्ष जीतबहादुर थापाले जानकारी दिनुभयो ।

भलिबलमा विजेताले ४० हजार, उपविजेतालाई २५ हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने छ । विधागत रुपमा पनि उत्कृष्ट घोषणा गरी पुरस्कार वितरण गरिने छ । प्रतियोगितामा सहभागी हुन ३ हजार दर्ता शुल्क तोकिएको थापाले बताउनुभयो । तीन दिनसम्म चल्ने मेलामा विविध सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी, मोहोरिया होम स्टेको प्रवद्र्धन गरिने थापाको भनाइ छ ।

क्लबले विगत २५ वर्षदेखि बुद्ध जयन्तीको अवसरमा विविध कार्यक्रम गर्दै आएको छ । क्लबले आयोजना गरेको भलिबलमा सहभागी भएका खेलाडी इम राना राष्ट्रिय भलिबलको कप्तानसमेत हुन सफल भएका छन् । क्लबले भलिबलको खेलाडी उत्पादनमा विशेष योगदान गर्दै आएको छ ।

कार्यक्रम सन्चालनकाे लागी स्थानीय संघ संस्था, बैदेशिक राेजगारीमा रहेका गाउका दाजुभाइहरू तथा शुभचिन्तकहरू संग सहयाेग अाव्हान गर्ने छ । यस कार्यक्रममा क्लबले ३ लाख रकम संकलन गर्ने २ लाखमा कार्यक्रम सम्पन्न गर्ने र १ लाख बचत गर्ने अनुमान पनि गरेकाे छ । उक्त बचत रकम क्लबले गर्ने सामाजिक कार्यमा नै खर्च गर्ने पनि थापाले बताउनु भयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP