Trend
नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||   शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष भण्डारीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री  ||   श्रावण महिनाको पहिलो सोमबार ईशानेश्वर महादेव मन्दिरमा ८० हजार दान संकलन।  ||  
शनिबार , साउन १६, २०८३
विद्योदयमा अभिभावक शिक्षा तथा अन्तरक्रिया सम्पन्न – Sarangi News

म्याग्दी । म्याग्दीको बेनी गरपालिका–१०, वाखेत स्थित श्री विद्योदय आधारभूत विद्यालयमा अभिभावक शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा उपस्थित अभिभावकहरुले समयसापेक्ष शिक्षा हुने पर्नेमा जोड दिए । अभिभावक शर्मिला राम्जाली र शोभा पाइजाले भने ‘हामी जुन समय र समाजमा हुर्केका छौं, हाम्रा बालबालिका पनि त्यस्तै हुर्काउनु पर्छ भन्ने छैन । हामीले हामीलाई सानो बेला लागेको नराम्रो कुरा छोड्दै, राम्रा कुरालाई जगेर्ना गर्दै समयानुसार बालबालिका हुर्काउने तरिका परिवर्तन गर्दै लानुपर्दछ ।’ कार्यक्रमकाो सहजिकरण गर्दै प्रअ अधिकारीले सन्तानलाई कस्तो बनाउने भन्नेमा ‘अभिभावक शिक्षा’ को महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । अभिभावकले सन्तानलाई अब्बलभन्दा पनि आज्ञाकारी र अनुशासित बनाउन प्रयास गर्नुपर्नेमा अधिकारीले जोड दिनुभयो ।

बेनी नगरपालिका वडा नं १० का वडा अध्यक्ष तथा वडा शिक्षा समिति संयाजक मसविर रोका, पूर्वकार्यवहाक वडा अध्यक्ष तथा शिक्षक अभिावक संघ लोक बहादुर पुन र विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिका बहादुर पाइजाको विशेष उपस्थितिमा सम्पन्न भएको काविद्यालयमा अभिभावककाे प्रत्यक्ष सहभागितामा मात्रै गुणस्तरीय शिक्षा सम्भव भएकाे विव्यस  अध्यक्ष टिका बहादुर पाइजाको भनाई थियाे ।

कार्यक्रममा नबनियुक्त प्रधानाध्यापक प्रकाश अधिकारीले शैक्षिक सत्र २०८२ का योजना तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभयो । अधिकारले प्रस्तुत गरेको कार्यक्रमलाई अभिभावक तथा शिअसका अध्यक्ष लोक बहादुर पुनले घरमा केटाकेटीसँगको सम्बन्ध तथा उनीहरूसँग गरिने व्यवहार तथा सिकाइ बीच सोझे सम्बन्ध रहेको देखिने विद्यालयले योजना ल्याएकोमा बधाई व्यक्त गर्दै संस्कारयुक्त गुणस्तरिय शिक्षाका लागि सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिनुभयो । अभिभावक भेलाले केही महत्वपूर्ण विषयमा निर्णय गरिएकाे  विद्यालयका अङ्ग्रेजी शिक्षक तथा सूचना अधिकारी अमृता जिसी रोकाले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP