म्याग्दी । म्याग्दीको बेनी गरपालिका–१०, वाखेत स्थित श्री विद्योदय आधारभूत विद्यालयमा अभिभावक शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा उपस्थित अभिभावकहरुले समयसापेक्ष शिक्षा हुने पर्नेमा जोड दिए । अभिभावक शर्मिला राम्जाली र शोभा पाइजाले भने ‘हामी जुन समय र समाजमा हुर्केका छौं, हाम्रा बालबालिका पनि त्यस्तै हुर्काउनु पर्छ भन्ने छैन । हामीले हामीलाई सानो बेला लागेको नराम्रो कुरा छोड्दै, राम्रा कुरालाई जगेर्ना गर्दै समयानुसार बालबालिका हुर्काउने तरिका परिवर्तन गर्दै लानुपर्दछ ।’ कार्यक्रमकाो सहजिकरण गर्दै प्रअ अधिकारीले सन्तानलाई कस्तो बनाउने भन्नेमा ‘अभिभावक शिक्षा’ को महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । अभिभावकले सन्तानलाई अब्बलभन्दा पनि आज्ञाकारी र अनुशासित बनाउन प्रयास गर्नुपर्नेमा अधिकारीले जोड दिनुभयो ।


बेनी नगरपालिका वडा नं १० का वडा अध्यक्ष तथा वडा शिक्षा समिति संयाजक मसविर रोका, पूर्वकार्यवहाक वडा अध्यक्ष तथा शिक्षक अभिावक संघ लोक बहादुर पुन र विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिका बहादुर पाइजाको विशेष उपस्थितिमा सम्पन्न भएको काविद्यालयमा अभिभावककाे प्रत्यक्ष सहभागितामा मात्रै गुणस्तरीय शिक्षा सम्भव भएकाे विव्यस अध्यक्ष टिका बहादुर पाइजाको भनाई थियाे ।

कार्यक्रममा नबनियुक्त प्रधानाध्यापक प्रकाश अधिकारीले शैक्षिक सत्र २०८२ का योजना तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभयो । अधिकारले प्रस्तुत गरेको कार्यक्रमलाई अभिभावक तथा शिअसका अध्यक्ष लोक बहादुर पुनले घरमा केटाकेटीसँगको सम्बन्ध तथा उनीहरूसँग गरिने व्यवहार तथा सिकाइ बीच सोझे सम्बन्ध रहेको देखिने विद्यालयले योजना ल्याएकोमा बधाई व्यक्त गर्दै संस्कारयुक्त गुणस्तरिय शिक्षाका लागि सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिनुभयो । अभिभावक भेलाले केही महत्वपूर्ण विषयमा निर्णय गरिएकाे विद्यालयका अङ्ग्रेजी शिक्षक तथा सूचना अधिकारी अमृता जिसी रोकाले जानकारी दिनुभयाे ।

												
												
												
												
												
												
																	
																	
																	
																	
																	
																	
																	
																	
																	










