मध्यनेपालमा बाख्रा पालन क्रान्ती। – Sarangi News

मध्यनेपाल(लमजुङ) मध्यनेपाल नगरपालिकाको वडा नं ८, ९ र १० मा बाख्रा पालनले क्रान्ती ल्याएको छ। बाङ्ग्रे बेशी सेरोफेरो कृषक समुहले ल्याएको योजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र लमजुङको बृहत्तर पशु बिकास कार्यक्रम अन्तर्गत बाख्रा खोर अनुदान सहित भएको थियो।

आर्थिक बर्ष २०८१/८२ को सो कार्यक्रम अन्तर्गत २१ घरका किसानलाई खोर निर्माण गरिएको थियो। १ लाख २८ हजार बराबरको मुल्यमा बनेको २१ वटा खोर, ०५ वटा बाख्रा जोख्ने मेसिन, ०३ वटा पशु आहारको लागि कुटानी पिसानी मेसिन, ०७ वटा उन्नत जातको बोका, पशु स्वास्थ्य सिविर तथा औषधी बितरण, घाँस तथा बिरुवा बितरण, कृषकलाई तालिम गरि लगभग ३० लाखको अनुदान रहेको कृषक समुहको अध्यक्ष बाबुराम रिमालले बताउनु भएको थियो।

खोर अनुदान पाए पश्चात खुशि हुँदै कृषकहरुले उच्च मनोवलका साथ बाख्रा पालनमा ध्यान दिएको पाईन्छ। वडा नं ९ रातामाटाका कृषक लक्ष्मण रानभाट नेपाली सेनादेखि अवकाश प्राप्त हुन यस पेशाले खुशी मात्र नभै सन्तुष्ट भएको बताउनु हुन्छ। बिगत ७/८ बर्ष देखि बाख्रा पालन गरेका रानाभाटका ३० भन्दा बढी बाख्रा रहेको बताउछन।

त्यस्तै गरेर वडा नम्वर ८ का २५ वटा बाख्रा भएका आम्बिका भन्डारी पनि बेहद सन्तुष्टि रहेको बताउछन। अर्का वडा नं १० का ईन्द्र माया दुरा ०३ वटा बाख्रा बाट शुरु गरेको अहिले २० भन्दा धेरै भै सकेको र अझै अब छिट्टै थप बाख्रा बढाएर अगाडि बढ्ने बताउछन। साथै दुराले ब्यस्त रहि कृषि पेशामा यसरी रहेर काम गर्नुको छुट्टै आनन्द रहेको बताउछन। र सहयोगी दाता लगायत यो बाख्रा पालानको क्रान्ति लिएर आउने अध्यक्ष रिमाल लगायत सबैलाई धन्यवाद दिनु भएको थियो।

विभिन्न राजनैतिक खिचातानिका बाबजुद पनि मैले यो कार्यलाई अगाडि बढाएरै छोडेँ, भन्दै यस्ता आफ्नै गाउका भलाईका लागि काम गर्दा पनि जस नपाईने तर विभिन्न अप्ठ्याराहरु पार गर्दै यो कार्यगर्न सकियो। बाख्रा पालनमा अन्य किसानहरुको पनि चासो बढेको बताउदै, यस कार्यमा विशेष सहयोग गर्नुहुने भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ निमित्त प्रमुख डा सुनिल न्यौपाने र मध्यनेपाल नगरपालिका पशु शाखाका खिल बहादुर रानालाई बिषेश धन्यवाद दिदै आगामी बर्ष र बजेटहरुमा पनि थप अन्य खोरहरु थप्दै प्रभावकारी रुपमा अगाडि बढ्ने अध्यक्ष रिमालले साराङ्गी न्युजलाई बताउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २०, २०८२ शुक्रबार 149 Views

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

  मंग्सिर १७, २०८२ मंगलबार 60 Views

डा. अमर गिरीका दुई कृति एकैसाथ सार्वजनिक

  मंग्सिर १०, २०८२ मंगलबार 178 Views

कास्की आइडलमा टपटेन छनोट

  मंग्सिर ४, २०८२ बुधबार 80 Views

इनासमा ऋषि लामिछाने

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP