Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला – Sarangi News

पोखरा, मङ्सिर ६ गते । साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको २७ ८ औँ शृङ्खलामा जनगायक खुसीराम पाख्रिन र शृङ्खलाका उपाध्यक्ष एवम् आलोक शृङ्खलाका सम्पादक ताराप्रसाद तिम्सिनाको स्मृति गरिएको छ । कार्यक्रममा दुवै सर्जकहरूको योगदानको चर्चा गर्दै उनीहरूद्वारा रचित गीत, कविताहरूसहित स्रष्टाहरूको अब्बल रचना वाचन गरिएका थिए ।

शृङखलामा बाचित रचनाहरूको समीक्षा गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सभा सदस्य प्राज्ञ नारायण मरासिनीले कृतिशेषद्वय तिम्सिना र पाख्रिनका योगदानको समेत चर्चा गरेका थिए ।

वामबुद्धिजीवी तथा सल्लाहकार रामराज रेग्मीले दुवै स्रष्टाहरूको रचना वाचन गर्दै साहित्यिक क्षेत्रमा र जनवादी गीत सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति भएको बताए ।

कार्यक्रममा सल्लाहाकार नारायण परिश्रमी,  धनबहादुर नेपाली, निवर्तमान अध्यक्ष लक्ष्मी थापा, यादवराज उपाध्याय, गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाट, गुरुङ साहित्य मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ, लघुकथा प्रतिष्ठानका अध्यक्ष कल्याण पन्त,  लघुकथा प्रतिष्ठानका निवर्तमान अध्यक्ष लक्ष्मण थापा, विष्णुप्रसाद बास्तोला, ऋषिकेश बराल,लोचना अधिकारी, लक्ष्मीप्रसाद पौडेल, प्रगतिशील लेखक सङ्घ कास्की अध्यक्ष छवि सुवेदी विजयी, अल्पबिराम पोखरेली, सुवास अधिकारी, भोला कँडेल, माधव खतिवडालगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा  सङ्गम सांस्कृतिक मञ्चका सचिव विकास लुङ्गेलीले पाख्रिनद्वारा रचित ‘कालो बनको बिचैमा’, डिबी बान्तवाले ‘गैँची बेल्चा उचालेर…’, चियाङ तमूले ‘उठौँ न अब जुटौँ न सबै…’ र शृङ्खलका संस्थापक अध्यक्ष स्ट्रगल रानाले गीत गाएका थिए ।

उपाध्यक्ष लीला पण्डितको स्वागत तथा अध्यक्ष लक्ष्मण गौतम हिमालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव काजी गाउँलेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP