Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
आइतबार , साउन १७, २०८३
कास्की आइडलको पहिलो अडिसन सम्पन्न – Sarangi News

पोखरा, कार्तिक २३ गते । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठानद्वारा आयोजित गायन र नृत्य प्रतियोगिताको कार्यक्रम ‘कास्की आइडल’ को पहिलो अडिसन सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै कवि तथा गीतकार रमेश श्रेष्ठले गीतले जीवनका आरोहअवरोहको चित्रण गर्ने भएकाले सबैलाई मन पर्ने बताए । आफूले चित्रकला र कविता प्रतियोगितामा भाग लिएको समयको स्मरण गर्दै श्रेष्ठले यस्ता प्रतियोगिताले नवप्रतिभालाई प्रेरणा दिने अनुभव सुनाए ।
रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीत र नृत्यका प्रतिभा खोजीका लागि दुई संस्था मिलेर कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पोखरा क्षेत्रले नेपाली साहित्य र सङ्गीतमा पुर्‍याएको योगदानको स्मरण गर्दै अधिकारीले भावी दिनमा पनि यस्ता आइडलबाट पहिचान भएका प्रतिभाले यस क्षेत्रको गरिमा अझ उँचो बनाउने विश्वास व्यक्त गरे ।
गायक झलक गुरुङले स्वागत मन्तव्य राख्दै कार्यक्रमको रूपरेखाबारे प्रकाश पारेका कार्यक्रममा रूपा वाङ्मय प्रतिष्ठानका सचिव मदन घिमिरे र लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व सल्लाहकार तथा चलचित्र निर्माता धीरजकुमार श्रेष्ठले शुभकामना दिएका थिए । सो अवसरमा अनिल ढुङ्गानाले आफ्नो साङ्गीतिक प्रस्तुति राखेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन गीतकार प्रतिष्ठानका सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

शनिवार पोखरा–२७, तालचोकमा भएको अडिसनबाट गायनतर्फ २० र नृत्यतर्फ १५ जना दोस्रो चरणका लागि छनोट भएका छन् । छनोट भएका प्रतिभाहरूको प्रतिस्पर्धा क्रमशः गराउँदै फाइनल चरणमा टप ५ छनोट गरिने रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेलले जानकारी दिए । प्रतियोगिताका निर्णायकहरूमा गायनतर्फ खेम लामा र कृष्णमाया तिवारी तथा नृत्यतर्फ उपेन्द्र गुरुङ र समृद्धि पाण्डे रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP