डा. अमर गिरीका दुई कृति एकैसाथ सार्वजनिक – Sarangi News

काठमाडौं । कविता, समालोचना, निबन्ध र राजनीतिक स्तम्भ लेखनमा समानान्तर कलम चलाउने डा. अमर गिरीका दुई साहित्यिक कृति एकै साथ बजारमा आएका छन् । गिरीको छैटौँ कविता सञ्चयनका रुपमा ‘रातमा कलम’ र चिन्तनपरक निबन्धहरुको नयाँ सङ्कलन ‘समय, शब्द र संवाद’ बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो ।

कवि गिरी २०३० को दशकदेखि नेपाली प्रगतिवादी कविताका क्षेत्रमा सक्रिय स्रष्टा हुन् । उनका यसअघि नै ‘घाम छेक्ने पहाड, तर पनि हामी जीवित छौं, दुःसाध्य समय, शब्दहरुका बीचमा र समय संवाद जस्ता पाँच कविता कृति प्रकाशित छन् । गिरीका मौलिक र सम्पादित गरेर दर्जनौं समालोचना कृति पनि प्रकाशित छन् । उनका प्रमुख समालोचना कृति हुन्– समय, समाज र संस्कृति, समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य, भूमण्डलीकरण र साहित्य, साहित्य विमर्श, कवितामा वर्गद्वन्द्व । उनको सम्पादन र सहसम्पादनमा थुप्रै समालोचना सङ्गालो प्रकाशित छन् ।

“एकै भञ्ज्याङ् चढ्दैमा बिसाइ नफेर्ने काव्ययात्री हुन् – अमर गिरी । कविताको उकालोमा पाँच दशकभन्दा बढी समय अथक यात्री हुनु आफैमा असाधारण साक्ष्य हो ।” प्रकाशक बेला पब्लिकेसन्सले भनेको छ, “कवि गिरी २०३० को दशकदेखि प्रगतिवादी कविता धारामा अनवरत क्रियाशील छन् । समाज, प्रकृति, जीवन, दर्शन, वर्गसङ्घर्षजस्ता स्थूल विषयदेखि मानवजीवनका सुक्ष्मतम मनोद्वन्द्व, प्रेम, पीडा, आशा, निराशा, चिन्ताजस्ता भावनालाई पनि सहज शब्दबुनोट र सुन्दर शैलीमा अभिव्यक्ति दिन्छन् गिरीका कविताले । आम मान्छेका सुखदुःखलाई वाणी दिने, जीवन महत्ताको गाथा गाउने, सङ्घर्षशीलहरुसँग ऐक्यबद्धता जनाउने, विकृत दुनियाँको विरूद्धमा निर्धक्क उभिने – गिरीका यी कविता कोमल लवजका तिख्खर स्वरहरु हुन् ।”

पाँच दशकदेखि नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलन, साहित्य–फाँट र सङ्गठनका क्षेत्रमा पनि क्रियाशील गिरी प्रगतिशील लेखक सङ्घका पूर्वअध्यक्ष समेत हुन् । उनले नेपाली प्रगतिवादी कवितामा विद्यावारिधि अनुसन्धान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २०, २०८२ शुक्रबार 184 Views

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

  मंग्सिर १०, २०८२ मंगलबार 192 Views

कास्की आइडलमा टपटेन छनोट

  मंग्सिर ४, २०८२ बुधबार 92 Views

इनासमा ऋषि लामिछाने

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP