Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण – Sarangi News

काफलवोट । बेनी नगरपालिका–९, बाहुनपधेरास्थित भूमे आधारभूत विद्यालयका संस्थापक अध्यक्ष गगनबहादुर वानियालाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ।

प्रजातन्त्र पुनःस्थापनापछि २०४७ सालमा स्थापना भएको विद्यालयका संस्थापक अध्यक्षसमेत रहनुभएका वानियालाई शुक्रबार बाजागाजासहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्र सिंह भण्डारीले जानकारी दिनुभयो।

यसै क्रममा वानियाका सुपुत्र तथा विद्यालयको पहिलो ब्याचका विद्यार्थी विशाल बानियाँ र समाजसेवी राजन पाण्डेयले संयुक्त रूपमा करिब ९० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गर्नुभएको विद्यालयले जनाएको छ। विद्यालयमा अध्ययनरत २८ जना विद्यार्थीलाई ६५ हजार रुपैयाँ बराबरका ट्र्याक–सेट, जुत्ता र मोजा प्रदान गरिएको छ। साथै वालकक्षा व्यवस्थापनका लागि थप २५ हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको छ।

कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष आनन्द रिजाल, सूर्यप्रकाश बानियाँलगायतका वक्ताहरूले विद्यालयको प्रगतिमा समुदायको निरन्तर सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रमाया बानियाँ कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शिक्षक निर्मल चोखाल र  कार्यक्रमको सञ्चालन शिक्षक रेशम राईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP