साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन। – Sarangi News

करापुटार (लमजुङ) मध्यनेपाल नगरपालिका करापुटारको ईशानेश्वर महादेव मन्दिरमा आज साउन महिनाको तेस्रो सोमबार श्रद्दालु भक्तजनहरुको अत्यधिक घुईचो लागेको थियो भने रु २ लाख ४५ हजार ९ सय ४९ रुपैया संकलन भएको छ ।

गत दोस्रो सोमबारमा झरिमा पनि भक्तजनहरुको उत्साहजनक उपस्थिती थियो भने झनै यो तेस्रो सोमबारमा अझै थप उत्साहजनक भक्तजनहरुको उपस्थिती रहेको थियो । आज पनि अत्यधिक भिडको कारण पश्चिम तर्फको ढोका खोलिएको थियो भने लगभग ९ हजारको आसपासका श्रद्दालु भक्तजनहरुको उपस्थिती रहेको ईशानेश्वर महादेव क्षेत्र बिकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताउनु भएको थियो ।

गोर्खा तनहुं कास्की स्याङ्जा लगायतका अन्य जिल्लाहरुबाट समेत उपस्थिती रहेको दोस्रो पशुपतिको रुप मानिनिने ईशानेश्वर महादेव मन्दिरमा दर्शन तथा पुजा आरधाना पश्चात भजन कृतन नृत्य समेत रहेको थियो । करापुटार भजन समुह र श्री ब्यास ज्योती धर्म जागरण भजन कृतन समिती तनहुँको जोडदार भजन गायन तथा नृत्य भएको थियो ।

त्यस्तै गरेर आजको दिनको प्रसाद बितरणमा यसै ईशानेश्वर महादेव क्षेत्र बिकास समितिका सदस्य कृष्ण मुरारी घिमिरेले रु ५४ हजार बराबरको प्रसाद बितरण गर्नु भएको थियो भने यस पुन्य कर्मको लागी सहयोग गर्नु भएकोमा क्षेत्र बिकास समितिको तर्फबाट निशुल्क प्रसाद दाता घिमिरेलाई प्रमाण पत्र सहित सम्मान गरेको थियो ।

त्यस्तै गरेर मध्यनेपाल नगरपालिका ७ की चेली पोखरा लामाचौर घर भई हाल हङकङ बसोबास गर्दै आउनु भएका आशा गुरुङ वहाको श्रीमन प्रदिप पुन र छोरा अनिस पुनको तर्फबाट श्रद्दालु भक्तजनहरुको लागी साउन महिना भरको चार वटै सोमबारको लागी २१ हजार बराबरको १४० कार्टुन पानी उपलब्ध गराउनु भएको छ भने अर्को सोमबारको लागी निशुल्क प्रसाद बितरण ईशानेश्वर महादेव क्षेत्रबिकास समितिका सल्लाहाकार सदस्य पुर्ण चन्द्र पोखरेलले जिम्म्मा लिनु भएको क्षेत्रबिकास समितिका अध्यक्ष घिमिरेले बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २०, २०८२ शुक्रबार 149 Views

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

  मंग्सिर १७, २०८२ मंगलबार 60 Views

डा. अमर गिरीका दुई कृति एकैसाथ सार्वजनिक

  मंग्सिर १०, २०८२ मंगलबार 178 Views

कास्की आइडलमा टपटेन छनोट

  मंग्सिर ४, २०८२ बुधबार 80 Views

इनासमा ऋषि लामिछाने

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP