Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
गाै बोमबस्तमा कला शिविर: कागजकाे पुनः प्रयोगमा रमाउदैं विद्यार्थीहरू (फाेटाे फिचर) – Sarangi News

म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङ्ग स्थित गौ बोमबस्त माध्यमिक विद्यालयमा अध्यानरत विद्यार्थीहरूले विद्यालयबाट निस्कने प्लाष्टिक, बाेतल तथा  कागजजन्य फोहोर पुनः प्रयोग गरी  शैक्षिक एवं सजावटका सामग्री बनाउन थालेका छन् ।  कला कुश प्रा.लीकाे पाँच दिने कला शिविर विद्यालयमा अध्यनरत विद्यार्थीले  घरका पुराना र काम नलाग्ने सामान पुनः प्रयोग गर्न पनि सिकेका छन् । उनिहरूले सकिएका अभ्यास पुस्तिका तथा पुराना किताबबाट नाेट बुक  डायरी तथा ड्राेइङ कपि, स्याम्पु सकिएपछि मिल्काइने बट्टालाई आधा काटेर सुन्दर कलमदानी,पुराना र बिग्रिएका कम्प्याक्ट डिस्क (सीडी) लाई फोटो फ्रेममा प्रयोग गर्न तथा पानीका बोतललाई बीचमा काटेर तल्लो भागमा वरिपरि चार्ट पेपर टाँसेमा पेन वा पेन्सिल राख्न मिल्ने सामान बनाइरकेका छन्।  वातावरण संरक्षणका लागि ‘थ्री आर’ अर्थात्, रिड्युस, रि–युज र रिसाइकल विधि महत्वपूर्ण मानिन्छ। कलाकुशाका  निर्देशक तथा डिजाइनर शुभद्रा महर्जनले यो विधि थोरै मात्र ख्याल गर्ने हो भने थुप्रै चिजबिजलाई नौलो रूप दिई प्रयोग गर्न सकिने बताइन्।  “तर, हामीकहाँ रिसाइकल वा रि–युज गरिएका सामान प्रयोग गर्दा सानो भइन्छ भन्ने मानसिकता छ”, महर्जन भन्छिन्, “यो गलत बुझाइ हटाउन आवश्यक भइसक्यो।” एउटा भनाइ छ– पुनः प्रयोगले एउटा कुरालाई अर्कै बनाइदिन्छ। र, यो काम ‘जादु’भन्दा कम होइन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP