Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बुधबार , भाद्र ३१, २०८३
किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने – Sarangi News

बेनी, म्याग्दी । ६१ औं राष्ट्रिय बाल दिवसको अवसरमा म्याग्दी जिल्लाको बेनी–१०, वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयले ‘किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ?’ भन्ने विषयमा प्यानल डिस्कसन आयोजना गर्दैछ।

कार्यक्रममा शिक्षा, समाज र शिक्षक सरोकारवालाहरू सहभागी हुनेछन् । प्यानलमा नगर प्रमुख सुरत केसी, सामाजिक विकास समिति प्रमुख चक्र केसी, म्याग्दी बहुमुखी क्याम्पसका सहप्रध्यापक रेखाकौशल रेग्मी, र जमुनाखर्क नमूना माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गाना र शिक्षक महासङ्घ म्याग्दीका निवर्तमान अध्यक्ष जयराम सुवेदी सहभागी हुनेछन्। कार्यक्रमको मोडेरेटरको भूमिका प्रकाश अधिकारीले सम्हाल्नेछन्।

प्यानल डिस्कसनले सामुदायिक शिक्षा खस्किनुको कारण पहिचान, समाधानका सम्भावित उपायहरू, र शिक्षक, अभिभावक र समुदायसँग साझा कार्ययोजना तयार गर्ने उद्देश्य राखेको छ।

बाल दिवसको अवसरमा आयोजना गरिएको यस कार्यक्रमले सामुदायिक शिक्षाको वर्तमान अवस्था उजागर गर्नेछ र सुधारका ठोस सुझाव प्रस्तुत गर्ने विद्यालयका सूचना अधिकारी अमृता जिसी रोकाले जानकारी दिनुुभयो ।

साथै बेनी नगरपालिकाको आयोजना तथा विद्यालयको व्यवस्थापनमा नगरपालिका स्तरीय ‘बालविवाह न्यूूनिकरणमा स्थानीय सरकारको भूुमीका’ विषयक वक्तृत्वकला प्रतियोगिता पनि सन्चालन हुने विद्यालय इन्चार्ज शोभाकान्त लामिछानेले जानकारी दिनुुभयो । लामिछानेका अनुुसार वक्तृत्वकला प्रतियोगितामा बेनी नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन।

त्यस्तैगरि यही भाद्र २७, २८ र २९ गते तीनदिन सम्म विद्यार्थीको चौतर्फी विकासको लागि वृहत् खेलकुद सप्ताह र २९ गते प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा विष्लेश्ण समेत गरिने विद्यालयले जनाएको छ । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूलाई सक्रिय सहभागिता जनाउन आमन्त्रण गरिएको छ। मिडिया पाटर्नरकाे रुपमा एजुकेसन न्युज नेपाल , धौलागिरी जागरण दैनिक र सारङ्गी न्युज रहेका छन् भने बेनी नगरपालिका १० नम्बर वडा कार्यालय, स्थानिय घारसुन्ना लागिगुँरास र आमा समुहरुकाे सहयाेग गरेकाे संयोजक सुजन पुनले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 69 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP