Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
मध्यनेपाल अस्पतालमा बृहत् निःशुल्क स्वास्थ्य शिविर – Sarangi News

सुरज गुरुङ

लमजुङ। मध्यनेपाल नगरपालिकाको मध्यनेपाल अस्पातल प्रालिले आज बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

मध्यनेपाल अस्पातलको आयोजना आस्था किड्नी एण्ड स्पेशलाईज्ड अस्पातल पोखराको प्राबिधिक सहयोग र मध्य नेपाल नगरपालिकाको समन्वयमा गरिएको थियो। निशुल्क सेवाहरु सुगर प्रेसर थाईराईड रोग, छाती मुटु तथा पेट रोग, म्रिगौला तथा मुत्रनली रोग, हाडजोर्नी तथा नशा तथा बाथ रोग, महिला तथा प्रसुती रोग, बाल रोग, सर्जरी भिडियो एक्सरे, सुगर जाँच म्रिगौला परिक्षण पिसाब जाँच आदी ईत्यादी सहितका अन्य सेवाहरुमा ३०% छुटको सुबिधा राखेको थियो। बिहान ९ बजेबाट बेलुकी ३ बजेसम्म भनिएता पनि एका बिहानैबाट स्वास्थ्य चेक जाँच गर्ने बुढाबुढी महिला तथा बालबालिकाको घुईचो लागेको थियो।

हाडजोर्नी तथा नशा सम्बन्धी बिरामी ९७ जना, सुगर तथा प्रेसर ७० जना, किड्नी सम्बन्धी २५ जना बाल रोग २० जना र सर्जरी १० जना गरी ३०८ जना बिरामीले स्वास्थ्य परिक्षण गरेको डक्टर शुसिल पौडेलले जानाकारी गराए। निशुल्क स्वास्थ्य शिविरमा मध्यनेपाल नगरपालिकाका मात्र नभै भोर्लेटार नजिक पर्ने रुपा गाउपालिकाका समेत चेक जाँच गर्न आएको समेत डक्टर पौडेलले बताए। यसरी शिविर संचालन गर्दा कती बिरामी रहेछन भन्ने जानाकारी सहित बिरामीको समस्याको समाधान गर्न सकिएको साथै निम्न बर्गका बिरामीलाई दु:खमा साथ दिदै मल्हम लगाउन सकिएको डक्टर शुसिलले बताउनु भएको छ। आजको यस शिविरले थप्काम गर्ने उर्जा थपेको र अबका आउने हरेक ३/३ महिना यस्तै निशुल्क स्वास्थ्य शिविर गरिने समेत बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP