Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
बिहिबार , अषोज १, २०८३
क्यान म्याग्दीको आठौं साधारण सभा सम्पन्न – Sarangi News

बेनी, म्याग्दी। कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा म्याग्दीको आठौं वार्षिक साधारण सभा आज बेनीको होटल डल्फिनमा सम्पन्न भएको छ। साधारण सभाले सूचना प्रविधिको पहुँच विस्तार र व्यवसायिक हकहित संरक्षणका लागि संघीय र प्रादेशिक समन्वयलाई थप मजबुत बनाउनुपर्ने निष्कर्ष निकालेको छ।

​साधारण सभामा क्यान महासंघ नेपालका केन्द्रीय सदस्य खड्कबहादुर गुरुङले प्रमुख अतिथिको आसनबाट बोल्दै म्याग्दी जस्तो क्षेत्रमा प्रविधिको विकासमा क्यानले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले स्थानीय तहमा सूचना प्रविधि क्षेत्रले भोगेका समस्या समाधानका लागि केन्द्रले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

​त्यस्तै, क्यान गण्डकी प्रदेशका उपाध्यक्ष श्री वामदेव रिजालले प्रादेशिक संरचनालाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै व्यवसायिक हकहितका लागि प्रदेश समितिले सहकार्य गर्ने बताउनुभयो। निवर्तमान अध्यक्ष श्री लालबहादुर काकीले संस्थाको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए।

​प्रतिवेदनमा क्यान म्याग्दीले कम्प्युटर तथा सूचना प्रविधिसँग जोडिएका व्यवसायीको हकहितको वकालत गर्ने, हाल भएका सदस्यमा ५० नयाँ सदस्य थप गर्ने र तालिम तथा सीप प्रदान गरी दक्ष नागरिक उत्पादन गर्ने मूल उद्देश्यमा केन्द्रित रहेको उल्लेख छ। सभाले प्रस्तुत सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।

​क्यान म्याग्दीका अध्यक्ष युवराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका कोषाध्यक्ष ज्ञानबहादुर श्रीषले स्वागत मन्तव्य र सचिव बासुदेव घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

क्यान म्याग्दीमा संस्थागत ११, व्यक्तिगत ५ जना गरी १६ जना रहेकोमा यस वर्ष संस्थागत ३, व्यक्तिगत ६ गरी ९ जना थप गरी कूल सदस्य संख्या २५ पुऱ्याइएको सचिव बासुदेब घिमिरेले जानकारी दिनुभयो । ​क्यान महासंघको विधानबमोजिम २०७४ फागुन २६ गते विधिवत रूपमा स्थापित क्यान म्याग्दी शाखा हाल आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेशको गरेको छ । ​

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP