इनासमा ऋषि लामिछाने – Sarangi News

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास), नेपाल शाखाको दोस्रो अधिवेशन काठमाडौँमा सम्पन्न भएको छ । अधिवक्ता सेमन्तमणि खेराल प्रमुख निर्वाचन आयुक्त रहेको अधिवेशनले चलचित्र निर्देशक ऋषि लामिछानेको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा क्रमशः रमेश उप्रेती, रेजिना उप्रेती र युवराज चौलागाईँ निर्वाचित भएका छन् भने शंकर पाण्डे र राजिन पनेरू महासचिव र सचिव पदमा निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्षमा रत्न श्रेष्ठ एवम् सदस्यमा क्रमशः खुमन अधिकारी, एलिना चौहान, पूर्णबहादुर लामा, दिनेश काफ्ले, प्रियङ्का प्रसाईँ, गौतम मानन्धर, सहारा पाण्डे, दीपा रेग्मी पन्त, ऋतु कँडेल र शिवम अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।  यसैगरी ग्लोबल सञ्चार प्रतिनिधिका रूपमा सञ्चारकर्मी विष्णु शर्मा चयन भएका छन् ।

निवर्तमान अध्यक्ष एवम् हाल एसिया संयोजकका रूपमा रहेका दयाराम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता इनास ग्लोबल अध्यक्ष अर्जुनप्रसाद काफ्लेले गरेका थिए । काफ्लेले इनासले विश्वभर छरिएर रहेका नेपालीहरूका कला, साहित्य, संस्कृति, भाषा, खेलकुद जस्ता बहुविध विधालाई समेट्दै सोको प्रबर्धनमा विशेष भूमिका निर्वाह गर्ने र आफ्नो कार्यकालले त्यसका लागि आवश्यक पहल गर्ने जानकारी दिए । काफ्लेले इनासले एनआरएनका दोस्रो-तेस्रो पुस्तालाई नेपाली भाषा सिकाउने गरी नेपाली पाठशालाको स्थापना गर्दै कार्य अगाडि बढाएको समेत जानकारी दिए । यसैगरी सन् २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित लामिछानेले आफू र आफ्नो कार्यसमितिले इनासको विधानको मर्मअनुसार कर्म गर्दै विश्वभर रहेका नेपाली कलाकारको भावनालाई कदर गर्ने गरी आगामी कार्ययोजना तय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

इनास नेपाल शाखाको वर्तमान कार्यसमितिभित्र चलचित्र, गीत-सङ्गीत, भाषासाहित्य, खेलकुद, कलाकारिता, पत्रकारितालगायत बहुविध विधाका विशेषज्ञहरूको प्रतिनिधित्व रहेको र यसलाई आवश्कताअनुसार थप परिष्कृत एवम् परिमार्जित गर्दै लैजान आफूहरू प्रतिबद्ध रहेको जानकारी एसिया संयोजक एवम् नेपाल शाखाका संस्थापक दयाराम पाण्डेयले दिए । कार्यक्रममा इनासका संरक्षक नीता श्रेष्ठ, ग्लोबल कोषाध्यक्ष रूपा न्यौपानेलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

इनास विश्वभर छरिएका नेपाली कलाकारको हकहितका पक्षमा काम गर्ने र संसारभरि नेपाली संस्कृति, भाषा, साहित्य, कलाकारिता आदिलाई पुर्‍याउने गरी सन् २०१२ मा पोल्याण्डमा स्थापना भएको सामाजिक संस्था हो । यसको हालसम्म झण्डै ७३ देशमा आफ्नो शाखा स्थापना भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

गीतकार सम्मान आरजुलाई दिइने

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज


TOP