पोखरा, मङ्सिर २७ गते । नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको दोस्रो अधिवेशनले साहित्यकार दीपक समीप (लमजुङ) लाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ ।
त्यसैगरी नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण थापा (कास्की), महिला उपाध्यक्षमा हिममाया पौडेल (कास्की), महासचिवमा सञ्जीव पौडेल (कास्की) , सचिवमा मोती च्वाईं (पर्वत ), कोषाध्यक्षमा चन्द्रावती वाग्ले (तनहुँ ), सदस्यहरुमा रमेशमोहन भट्टराई (कास्की), केशव अमगाइ (गोरखा), अम्बिकाप्रसाद भट्टराई (तनहुँ) र मणि डुम्रे (नवलपुर) रहेका छन् ।

नेपाली लेखक सङ्घका निवर्तमान सचिव डा. गणेश शर्मा संयोजक र नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति छनोट गरेको हो । कार्यक्रममा नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष दीपक समीपले सर्वसम्मत रूपमा निर्वाचन सम्पन्न गरेकामा निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरेका थिए । समीपले विविध साहित्यिक गतिविधिहरूमार्फत संस्थालाई क्रियाशील संस्थाको गरिमा अझै उच्च बनाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाली लेखक सङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठ , केन्द्रीय सचिव मिलन समीर, गण्डकीका निवर्तमान अध्यक्ष डा. ईश्वरमणि अधिकारी कास्कीका संस्थापक अध्यक्ष लक्ष्मीशरण अधिकारी र निर्वाचन समितिका संयोजक डा. गणेश शर्माले शुभकामना दिएका थिए ।











