Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
गण्डकी प्रदेशको नेपाली लेखक सङ्घका दीपक समीप सर्वसम्मत – Sarangi News

पोखरा, मङ्सिर २७ गते । नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशको दोस्रो अधिवेशनले साहित्यकार दीपक समीप (लमजुङ) लाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ

त्यसैगरी नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण थापा (कास्की), महिला उपाध्यक्षमा हिममाया पौडेल (कास्की), महासचिवमा सञ्जीव पौडेल (कास्की) , सचिवमा मोती च्वाईं (पर्वत ), कोषाध्यक्षमा चन्द्रावती वाग्ले (तनहुँ ), सदस्यहरुमा रमेशमोहन भट्टराई (कास्की), केशव अमगाइ (गोरखा), अम्बिकाप्रसाद भट्टराई (तनहुँ) र मणि डुम्रे (नवलपुर) रहेका छन्

 नेपाली लेखक सङ्घका निवर्तमान सचिव डा. गणेश शर्मा संयोजक र नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य अमृत क्षेत्री सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति छनोट गरेको हो कार्यक्रममा नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष दीपक समीपले सर्वसम्मत रूपमा निर्वाचन सम्पन्न गरेकामा निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरेका थिए । समीपले विविध साहित्यिक गतिविधिहरूमार्फत संस्थालाई क्रियाशील संस्थाको गरिमा अझै उच्च बनाउने प्रतिबद्धता व्यक्त गरे कार्यक्रममा नेपाली लेखक सङ्घका निवर्तमान केन्द्रीय अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठ , केन्द्रीय सचिव मिलन समीर, गण्डकीका निवर्तमान अध्यक्ष डा. ईश्वरमणि अधिकारी कास्कीका संस्थापक अध्यक्ष लक्ष्मीशरण अधिकारी र निर्वाचन समितिका संयोजक डा. गणेश शर्माले शुभकामना दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP