Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
रूपाज्योतिको ४५ औँ वार्षिकोत्सव सम्पन्न, पूर्वप्रधानाध्यापक कडेलले गरे अक्षयकोष स्थापना – Sarangi News

पोखरा, पुस १२ गते । कास्कीको रूपा गाउँपालिका-६, तालबेँसीस्थित रूपाज्योति माध्यमिक विद्यालयको ४५ औट्ट वार्षिकोत्सव तथा अभिभावक दिवस शनिवार सम्पन्न भएको छ ।

सो अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक मनिराम कडेलले ५० हजार १०५ रुपियाँको अक्षयकोष स्थापना गरेका छन् । नेपाल शिक्षक महासङ्घ, कास्कीका निवर्तमान सचिव कडेल हाल पोखरा-३०, शिशुवास्थित शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । उनले रूपाज्योतिमा २० वर्षभन्दा लामो समय अध्यापन गरेका थिए । कडेलले आफू कार्यरत रहँदा पनि विद्यार्थीको हौसलाका लागि विभिन्न कार्य गरेको स्मरण गर्दै आफू कामका सिलसिलामा सरुवा भए पनि रूपाज्योतिका विद्यार्थीको हौसलाका लागि अक्षयकोष स्थापना गरेको धारणा राखे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर भुजेलको अध्यक्षताम भएको कार्यक्रममा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रूपाकै शिक्षाज्योतिका रूपमा रूपाज्योतिले भूमिका खेलेको बताए । गाउँपालिकाले विद्यालय र विद्यार्थीको हितका लागि अनेकौँ प्रयास गरेको उनको भनाइ थियो ।

कार्यक्रममा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । विद्यालयका प्रधानध्यापक पोष्टराज सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने विद्यालयका शिक्षक कृष्ण वाग्लेले स्वागत गरेका थिए । उक्त कार्यक्रममा समाजसेवी पुष्पराज सुवेदी, छिमेकी विद्यालय पृथ्वीरूपा माविका प्रअ विश्वनाथ सुवेदी, रूपाताल संरक्षण परियोजनाका सूचना अधिकारी कृष्णबहादुर विक, रूपा गाउँपालिका, वडा नम्बर ६ का वडाअध्यक्ष नारायण गुरुङ, विद्यार्थी ममता सुवेदी, अभिभावक पुनम नेपाली, राजकुमार सुवेदी, शिव थापालगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सन्चालन शिक्षक सुनिल सुवेदीले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP