Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
प्रलेस, गण्डकीद्वारा प्रगतिशील कविगोष्ठी सम्पन्न – Sarangi News

पोखरा, पुस १९ गते । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले शनिवार पोखरामा गण्डकी प्रदेशस्तरीय कविगोष्ठी सम्पन्न गरेको छ ।
प्रलेस, गण्डकीका अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका ८ जिल्लाका ८ कविहरूले प्रगतिशील कविता प्रस्तुत गरेका थिए । लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी, बागलुङका लाल ऋतम्भरा, पर्वतका राजकुमार निरञ्जन र कास्कीकी गीता तिवारीले कविता प्रस्तुत गरेका थिए । वाचित कविताको समीक्षा गर्दै साहित्यकार नारायण मरासिनीले गण्डकी प्रदेशमा प्रगतिशील कविताको भविष्य बलियो बन्दै गएको बताए । वाचित कविताले उठाएका विचारले नेपाली समाजको प्रतिनिधित्व मात्र नभई वर्तमानमा देखिएको परिवर्तनको आकाङ्क्षालाई पनि मुखरित गरेको भन्दै प्रगतिशील कविताको स्कुलिङलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा प्रलेस, गण्डकीका सल्लाहकार रघुनाथ अधिकारीले कविताले मानवीय जीवनलाई छुनुपर्नेमा जोड दिए । प्रगतिशील कविताले यथास्थितिका विरुद्ध बुलन्द आवाज उठाउनुपर्ने भन्दै अधिकारीले गण्डकी प्रदेशका नवपुस्तका कविहरूको स्वर आशालाग्दो देखिएको धारणा राखे ।
प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य भीम रानाभाटले साहित्य स्वान्त सुखायका लागि मात्र नभई समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । उनले आफूले के लेख्दै छु, किन र कसका लागि लेख्दै छु भन्ने कुरामा सचेत भएर लेखनमा लाग्नुपर्ने भनाइ राखे ।
गायिका तथा साहित्यकार हरिदेवी कोइरालाले गण्डकी प्रदेशका प्रगतिशील कविता एकसाथ सुन्न पाउँदा खुसी लागेको अनुभव सुनाइन् ।
सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष निर्मल सापकोटाले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 70 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP