Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बिहिबार , भाद्र २५, २०८३
परिषद्को तयारीमा शिक्षक महासङ्घ, कास्की – Sarangi News

पोखरा, पुस २३ गते । नेपाल शिक्षक महासङ्घ, कास्कीले प्रथम जिल्ला परिषद्को तयारी तीव्र बनाएको छ । पुस २७ गते गोल्डेन हाउस पार्टी प्यालेस, जिरो किमि, पोखरामा हुने परिषद्‌मा शिक्षक सम्मान र अन्तर्क्रियासँगै शिक्षकका हकहितका विषयमा व्यापक छलफल हुने महासङ्घका सहअध्यक्ष तथा परिषद् व्यवस्थापन समितिका संयोजक डिल्लीराम बरालले जानकारी दिए ।

सोही अवसरमा ‘सङ्घीय शासन प्रणालीमा विद्यालय शिक्षा र स्थानीय तहको भूमिका’ विषयक अन्तर्क्रियासमेत हुने छ । महासङ्घले शिक्षक तथा कर्मचारीलाई स्थानीय भत्ता दिने निर्णय कार्यान्वयनका लागि कास्कीका पाँचओटै स्थानीय तहलाई दबाब दिने निर्णय यसअगि नै गरेको थियो । परिषद्‌का अवसरमा स्थानीय भत्ता दिलाउन थप पहल गर्नका लागि छलफल हुने सहअध्यक्ष बरालले बताए ।

जिल्ला समिति कास्कीका अध्यक्ष भोलानाथ पौडेलले शिक्षक आन्दोलनका सन्दर्भमा महत्त्वपूर्ण योगदान पुर्‍याएका शिक्षकहरूलाई विशेष सम्मान गरिने जानकारी दिए । कास्की जिल्लाभरका शिक्षकहरूलाई कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन शिक्षक महासङ्घ, कास्कीका सचिव हर्कबहादुर लामिछानेले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 45 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP