Trend
हिमालय लाइफ नेपालको साधारण सभा तथा सामाजिक लेखाजोखा सम्पन्न  ||   सृजनशील बालविकास कार्यक्रमको सामाजिक परीक्षण र साधारण सभा सम्पन्न  ||   सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||  
शुक्रबार , अषोज २, २०८३
तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै। – Sarangi News

मध्यनेपाल(लमजुङ), मध्यनेपाल नगरपालिका वडा न ०२ तान्द्राङ्ग टक्सारमा जल्पादेवी मिनी म्याराथन माघ १० गते शनिवार बिहान ७:३० बजे हुने भएको छ । जल्पादेबी मन्दिर व्यवस्थापन समितिको आयोजना तथा मध्यनेपाल नगरपालिकाको संरक्षकमा सोतीपसलको विश्व शान्ति बौद्द गुम्बा प्राङ्गणबाट जल्पा देवी मन्दिरसम्म लगभग १० किलो मिटरको म्याराथन दौड हुने भएको हो । जल्पा देवी मन्दिरको पहिचान र मन्दिर पुनर्निर्माण सहित मध्यनेपाल नगरपालिका लगायत वरपर छिमेकी जिल्ला पालिकामा रहेका शान्तीको प्रतिक गौतम बुद्दको गुम्वा, अन्य धार्मिक मठ मन्दिर, पर्यटकिय स्थल, पाटीपौवा लगायत कला सस्कृतिको समेत प्रवर्दन गर्ने र अन्य सम्पुर्ण पर्यटकिय स्थानहरुको प्रचार प्रसार गरि पहिचान गराउने उद्देश्य सहित यस कार्यक्रम अगाडी बढेको कार्यक्रमको संयोजक तथा वडा न ०२ का वडा अध्यक्ष पदम बहादुर थापाले बताउनु भएको थियो।

प्रथम पुरस्कार ४० हजार दित्तीय पुरस्कार ३० हजार तित्तीय पुरस्कार २० हजार र मेडल तथा प्रमाण पत्र रहेको म्याराथनमा सान्त्वना तर्फ २ जनालाई ५/५ हजार रहेको बताउदै उक्त कार्यक्रमलाई आर्थिक भौतिक तथा नैतिक रुपमा सफल बनाउनको लागी देश तथा बिदेशमा रहेका वडा तथा पालिका भरका श्रद्दालु भक्तजनहरु लगायत अन्यलाई सहयोग गरेर सफल बनाउन सबैमा हार्दिक अपिल गरिएको सम्योजक थापाले साराङ्गि न्युजलाई जनाकारी गराउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP