Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
विद्यालय फेर्न जुर्मुराए विद्योदयका पूर्व विद्यार्थी, यु बहादुर पुनको अध्यक्षतामा मञ्च गठन – Sarangi News

बेनी (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका-१० वाखेतस्थित विद्योदय आधारभूत विद्यालयको शैक्षिक तथा भौतिक रूपान्तरणका लागि पूर्व विद्यार्थीहरू संगठित भएका छन् ।

विद्यालयलाई प्रविधिमैत्री र नमुना बनाउने संकल्पका साथ बुधबार आयोजित पूर्व विद्यार्थीहरूको प्रथम ऐतिहासिक भेलाले यु बहादुर पुनको अध्यक्षतामा ११ सदस्यीय “विद्योदय पूर्व विद्यार्थी मञ्च” को तदर्थ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

​’मेरो विद्यालय, मेरो दायित्व’ भन्ने मूल नाराका साथ सुरु भएको यस अभियानले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न पूर्व विद्यार्थीहरूको शक्ति र स्रोतलाई एकीकृत गर्ने लक्ष्य राखेको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा जीवन राम्जाली, सचिवमा सुजन, कोषाध्यक्ष सन्तोष पाईजा र सह-सचीव अर्जुन पुन चयन हुनुभएको छ । ​त्यस्तै, सदस्यहरूमा प्रदिप पुन, कृष्ण पुन, छ्क प्रसाद थापा, भेषराज थापा र होमकुमारी राम्जाली, दिनेश पाईजा र निराजन पुन रहनुभएको सचिव सुजन पुनले जानकारी दिनुभयो ।

​त्यस्तै, सदस्यहरूमा अर्जुन पुन, प्रदिप पुन, सन्तोष पाइजा, कृष्ण पुन, छ्क प्रसाद थापा, भेषराज थापा र होमकुमारी राम्जाली, दिनेश पाईजा र निराजन पुन रहनुभएको सचिव सुजन पुनले जानकारी दिनुभयो ।

​भेलालाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष यु बहादुर पुनले विद्यालयले आफूहरूलाई दिएको शिक्षाको ऋण तिर्ने उपयुक्त समय आएको बताउनुभयो । “हामीले जहाँ कखरा सिक्यौँ, त्यही विद्यालयमा अध्ययनरत हाम्रा भाइबहिनीहरू प्रविधिबाट टाढा रहने अवस्था अब रहनु हुँदैन,”
अध्यक्ष पुनले भन्नुभयो, “हामी तत्कालै ‘एक कक्षा, एक स्मार्ट बोर्ड’ परियोजना कार्यान्वयन गरी विद्यालयलाई डिजिटल युगमा लैजानेछौँ ।”

​मञ्चको पहिलो बैठकले विद्यालयका प्रत्येक कक्षा कोठामा आधुनिक ‘स्मार्ट बोर्ड’ जडान गर्ने, ई-पुस्तकालय स्थापना गर्ने र आर्थिक रूपमा विपन्न विद्यार्थीहरूका लागि ‘छात्रवृत्ति अक्षय कोष’ खडा गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ । यस अभियानका लागि विश्वभर रहेका पूर्व विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक ब्याच (Batch) अनुसार गोलबन्द गरिने सचिव पुनले बताउनुभयो ।

​कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले पूर्व विद्यार्थीहरूको यो अग्रसरताले सामुदायिक विद्यालयको साख जोगाउन र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न ठूलो ऊर्जा मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

​भेलाले आगामी पाँच वर्षभित्र विद्योदयलाई पूर्णतः प्रविधिमैत्री बनाउने र विद्यार्थी संख्या एवं सिकाइ उपलब्धिमा वृद्धि गर्ने लक्ष्य सहितको ‘विद्योदय घोषणापत्र-२०८२’ समेत पारित गरेको छ । कार्यक्रमको अन्त्यमा सम्पूर्ण सहभागीहरूले आफ्नो विद्यालयको विकासका लागि भौतिक, नैतिक र आर्थिक रूपमा सहयोग गर्ने सामूहिक प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP