२३ औँ कायापलट रनिङ सिल्डको उपाधि आयोजकलाई – Sarangi News

पोखरा, माघ ५ गते । लमजुङको मध्यनेपाल-५, समिभन्ज्याङमा क्रियाशील कायापलट असल शासन क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि आयोजक कायापलटले जितेको छ ।

क्लबले आफ्नो रजत जयन्तीका अवसरमा आयोजना गरेको प्रतियोगितामा कायापलटले ठकुरी समाज, शुक्लागण्डकी-१, तनहुँलाई ३-२ सेटको अन्तरमा पराजित गरेको हो । विजेताले कायापलटले ४७ हजार रुपियाँ, रनिङ सिल्ड, मेडल र प्रमाणपत्र हात पार्दा ठकुरी समाजले २७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तृतीय भएको माउडाँडा सिद्धेश्वर युवा क्लब, रूपा-४, कास्कीले १२ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा ठकुरी समाजका कृष ठकुरी उत्कृष्ट खेलाडी, ठकुरी समाजकै परासर ठकुरी बेस्ट लिफ्टर, कायापलटका कुशल श्रेष्ठ बेस्ट स्पाइकर र कायापलटकै सन्देश शाही बेस्ट ब्लकर घोषित भए । माघ १ गतेदेखि सञ्चालित प्रतियोगितामा १६ टिमले भाग लिएका थिए ।

प्रतियोगिताका विजेताहरूलाई प्रमुख अतिथि प्रथम पुरस्कार प्रायोजक सन्तबहादुर थापा, वडाअध्यक्ष ओमवीर गुरुङ, संस्थापक अध्यक्ष बालकुमार जोशीलगायतले पुरस्कार वितरण गरेका थिए ।

यसै गरी, महिलातर्फ दमौली भलिबल समूह, व्यास नगरपालिका, तनहुँले बन्दीपुर भलिबल क्लबलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधिसहित नगद १५ हजार, रनिङ सिल्ड, मेडल र प्रमाणपत्र जितेको छ भने दोस्रो भएको बन्दीपुरले १० हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

महिलातर्फ, दमौली भलिबल क्लबकी सीता थापा उत्कृष्ट खेलाडी, सोही क्लबकी सरक्षा आले बेस्ट स्पाइकर र बन्दीपुर भलिबल क्लबकी दीपा गुरुङ बेस्ट लिफ्टर घोषित भइन् ।

यसै बिच, क्लबले आफ्नो रजत जयन्तीकै अवसरमा आयोजना गरेको महिला डोरी तान्ने प्रतियोगितामा नेवाः माङ पुचः पहिलो भएर ८ हजार नगद जितेको थियो । त्यसै गरी लालीगुराँस मुमा समूह दोस्रो र दिदीबहिनी समूह, भोर्लेटार तृतीय भएका थिए ।

२०५७ सालमा स्थापना भएको क्लबले हरेक वर्ष माघे सङ्क्रान्ति तथा आफ्नो वार्षिकोत्सवका अवसरमा भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रतियोगिताका प्रथम पुरस्कार प्रायोजक सन्तबहादुर थापा र मैना थापा, द्वितीय पुरस्कारका प्रायोजक प्रेमलाल श्रेष्ठ र विष्णुमाया श्रेष्ठ तथा तृतीय पुरस्कार कृष्णमान जोशी र कृष्णकुमारी जोशीले रहेका थिए । यस्तै महिला भलिबलतर्फको प्रथम पुरस्कार कविता श्रेष्ठ, शिव श्रेष्ठ र शिवम् श्रेष्ठले तथा द्वितीय पुरस्कार करिना श्रेष्ठ र सन्तोष श्रेष्ठले प्रायोजन गरेका थिए । डोरी तान्ने प्रतियोगिताका सम्पूर्ण पुरस्कार क्लबका पूर्वखेलाडी अमृत गुरुङले गरेको क्लबका उपाध्यक्ष कुसुम श्रेष्ठले जानकारी दिए ।

क्लबका अध्यक्ष बाबुराम मल्लको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष बालकुमार जोशी र संस्थापक सचिव रुपिन्द्र प्रभावीले क्लब स्थापना र सङ्घर्षका प्रसङ्ग सुनाएका थिए । कार्यक्रममा मध्यनेपाल-५ का वडाअध्यक्ष तथा क्लबका पूर्वअध्यक्ष ओमवीर गुरुङ, मध्यनेपाल-४ का वडाअध्यक्ष रामबहादुर श्रेष्ठलगायतले क्लबले स्थानीय स्तरमा खेलका माध्यमबाट युवाहरूमा जागरण ल्याउनका लागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए । क्लबका सचिव इभन जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

विद्यालय फेर्न जुर्मुराए विद्योदयका पूर्व विद्यार्थी, यु बहादुर पुनको अध्यक्षतामा मञ्च गठन

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला

कास्की आइडलमा टपटेन छनोट


TOP