मध्यनेपाल(लमजुङ) लमजुङको मध्यनेपाल नगरपालिकाले आर्थिक बर्ष ८३/८४ को नीति तथा कार्यक्रम हिजो असार ०८ गते नगर प्रमुख रमेश कुमार पाण्डेको अध्यक्षतामा नगर सभा आयोजना गरी प्रस्तुत गरेको हो। जसमा ६५ करोड ५६ लाख ३२ हजार ६ सय २३ रुपैयाको कुल अनुमानित बजेट प्रस्तुत गरेको हो।


संघिय सरकार, प्रदेश सरकारको सम्वन्वय सहयोग र सहकार्यमा साथै मध्यनेपाल नगरपालिका आन्तरिक क्षमता स्रोत र साधन अनुसार मध्यनेपाल बासिको समृद्दिको लागि अर्थतन्त्र चलयमान बनाउन स्थानिय पुर्वाधारमा आय उत्पादन तथा सीप तथा क्षमता विकाससंगै उध्यमशिलता बिकास अधिकतम रोजगार सिर्जना गर्ने सहित जनतालाई जाहेर गरेको प्रतिवद्द्ता सहित यो बजेट विशेष रहेको बताए।

संघीय लोकतान्त्रिक शासन प्रणालिलाई अवलम्बन गर्दै दिगो बिकासका राष्ट्रीय लक्ष्यहरुलाई सथानिकरण गर्दै स्रोत र साधनहरुको समुचित प्रयोग गरी दिगो पुजिको आधार तयार पार्दै सिंगो मध्यनेपाल निर्माणमा कुनै कसर नराख्ने उक्त नीति तथा कार्यक्रम प्रस्तुत मार्फत बताउनु भएको थियो।

त्यस्तै गरेर नगरपालिकाको आवाधिक योजना तयार गरेको यस नीति तथा कार्यक्रमको प्रमुख लक्ष्य रहेको साथै स्थानीय आबश्यकता मानेर कृषि पर्यटन र पुर्वाधारलाइ प्राथमिकतमा राखी दिगो विकासलाइ प्रमुख माध्यम बनाई समृद्द मध्यनेपाल बनाउने लक्ष्यहरु रहेको बताउनु भएको थियो।

शिक्षा युवा तथा खेलकुद सम्बन्धि नितिमा बालबालिकाहरूलाई नगरपालिकामा आधारभुत र माध्यमिक निशुल्क शिक्षा प्रदान गर्नुका साथै विद्यालयहरुमा भौतिक पुर्वाधार सुविधा सहित खानेपानीको ब्यवस्था एवम बालबालिकालाइ दिवा खाजा सुविधा गरिने विद्यालयमा बिद्यार्थी शिक्षक हेरि दरबन्दी आवश्यकता अनुसार नीति बनाई कार्यन्वन गर्ने बताउनु भएको थियो।









