अन्नपूर्ण गाउपालिकाले आ व ८३/८४ को लागि रु ६५ करोड ५० लाखको ऐतिहासिक बजेट ल्यायो। – Sarangi News

अन्नपूर्ण(कास्की)  कास्किको अन्नपुर्ण गाउपल्लिकाले गाउँ सभक्को २० औं अधिबेशनबाट आज आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ६५ करोड ५० लाखको बजेट ल्याएकोछ। बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सभा अध्यक्ष बिष्णु  बहादुर केशिले “अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक बजेट : समृद्ध अन्नपूर्ण निर्माणको बलियो आधार ” नाराको रुपमा बताउनु भएको छ।

चालुतर्फ ७३.३७ प्रतिशत अर्थात् रु. ४८ करोड ५ लाख ५३ हजार र पूँजीगततर्फ २६.६३ प्रतिशत अर्थात् रु. १७ करोड ४४ लाख ४७ हजार मिति २०८३ असार १० गतेसम्मको यकिन हुंदा यो हाम्रो बजेट सबै प्रती आभार एवं धन्यवाद ज्ञापन गर्दै सभा अध्यक्ष केसीले  गाउपालिकाका कर्मचारी वडा अध्यक्ष जनप्रतिनिधी सभा सदस्य सबैलाई यो हामी सबैको सफलता बताउनु भएको थियो।


साथै समृद्ध अन्नपूर्ण निर्माणमा अर्को ऐतिहासिक कदम।जनताको आधारभूत आवश्यकता, कृषि उत्पादन वृद्धि, गुणस्तरीय शिक्षा, पहुँचयुक्त स्वास्थ्य सेवा तथा दिगो पूर्वाधार निर्माणमार्फत “समृद्ध अन्नपूर्ण, सुखी अन्नपूर्णवासी” बनाउने लक्ष्यसहित गाउँपालिकाले बजेट सार्वजनिक गरेको हो।जनमुखी, विकासमुखी र परिणाममुखी बजेटमार्फत अन्नपूर्ण गाउँपालिका समृद्धिको नयाँ यात्रामा अघि बढेको छ।अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक बजेट : समृद्ध अन्नपूर्ण निर्माणको बलियो आधार बजेटका बजेटका प्रमुख आकर्षणहरू

✅ शतप्रतिशत स्वास्थ्य बिमा कार्यक्रम
✅ विद्यार्थीहरूको दिवा खाजामा प्रतिविद्यार्थी रु. ५ थप
✅ ECD शिक्षकहरूलाई प्रोत्साहन तथा सेवा सुविधामा वृद्धि
✅ माछापुच्छ्रे बेसक्याम्पमा उपचार सेवाको व्यवस्था
✅ कृषकहरूलाई उत्पादनको आधारमा अनुदान
✅ दुग्ध उत्पादक कृषकहरूलाई विशेष अनुदान कार्यक्रम
✅ महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई थप सेवा सुविधा
✅ सडक, खानेपानी, सिंचाइ लगायत भौतिक पूर्वाधार विकास

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP